अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ ।

कान्तिलोकपथ सडकखण्ड स्थित बागमती गाउँपालिका वडा—३ टाकुर्चेमा यही ११ गते बिहान ३ः४० बजे गएको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

टिकाभैरव–चारघरे सडकखण्ड स्थित गोदावरी नगरपालिका वडा—४ स्थित सडकमा १२ गते दिउँसो १४ः१० बजे पहिरो खस्दा आवतजावत पूर्णरूपमा अवरुद्ध रहेको छ ।

सोलुखुम्बु जिल्लाभित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरूमा बाढी–पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै रोक लगाइएको छ । असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान रहेकाले बेलुकी ६ देखि बिहान ६ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी साधन तथा पैदल यात्रुहरूको रात्रिकालीन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

पृथ्वी राजमार्ग अन्र्तगत धादिङ खण्ड सम्भावित बाढी तथा पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै असोज ९ गते बिहान ७ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि धादिङ जिल्ला र आसपासका क्षेत्र भई सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमनमा पूर्ण रोक लगाइएको छ ।

पृथ्वी राजमार्ग अन्र्तगतको कृष्णभिर, वडा—३ गौमतीखोला तथा गजुरी गाउँपालिका वडा—२ चालिसे र परेवाभिरमा खसेको पहिरोपछि हाल सडक एकतर्फी सुचारु गरिएको छ ।

काभ्रेको रोशी गाउँपालिका—८ गिम्तिबेशी र वडा नम्बर चारसय बेशी क्षेत्रमा पहिरो खसे पनि बीपी राजमार्ग हाल एकतर्फी रूपमा सुचारु गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको

गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो