स्कार्पियो गाडी दुर्घटना,आठ जना घाइते

सुनकोशी गाउँपालिका–३, गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो गाडी अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा आठ जना घाइते भएका छन् ।

आज बिहान ८:३० बजे काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ आउँदै गरेको बा।प्र।०१–०३१ च ९७४९ नम्बरको स्कार्पियो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।

 

प्रहरी टोलीले दुर्घटनामा घाइते भएका ८ जनाको उद्धार गरी उपचारका लागि स्थानीय प्रधान मेडिकल, रातामाटा पठाएकोमा सामान्य उपचारपश्चात थप उपचारका लागि ०९: ०० बजे धुलिखेल अस्पताल पठाइएको छ ।

घाइते हुनेमा बेथानचोक–१ बस्ने वर्ष २८ वर्षीय रोम बहादुर योञ्जन, २१ वर्षीय मिना माया तामाङ, ५६ वर्षीय दुर्गा बहादुर योञ्जन, ४३ वर्षीय धन बहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेक बहादुर थिङ रहेका छन् ।

उक्त जिप चालक जिल्ला काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ बस्ने अन्दाजी २६ वर्षीय नारायण बस्नेत सकुशल रहेकोले नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि

काठमाडौं , असोज १५। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार