फेरि अर्को वर्षाको सम्भावना,घटस्थापनासम्मै झरी

केही दिनअघिको अविरल वर्षा र बाढी(पहिरोको त्रास सेलाउन नपाउँदै मुलुकमा फेरि अर्को वर्षाको सम्भावना देखिएको छ।

पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसम बदली भई दशैंको पहिलो दिन अर्थात् घटस्थापनासम्मै झरी पर्ने र चिसो बढ्ने मौसमविद्हरूले बताएका छन्।

 

मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायु सक्रिय हुने भएकाले बिहीबारदेखि घाम कम लाग्ने र पहाडी भेगका केही स्थानमा वर्षा सुरु हुनेछ।

 

त्यसपछि आगामी आइतबारदेखि असोज २५ गते घटस्थापनासम्म देशभर मौसम बदली भई लगातार झरी पर्ने र चिसो मौसम रहने सम्भावना छ।

यता, जल तथा मौसम विज्ञान विभागले पनि आफ्नो नियमित तीन दिने बुलेटिनमार्फत आगामी बिहीबारदेखि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागले तीन दिनको मात्रै पूर्वानुमान गर्ने भएकाले त्यसपछिको विस्तृत विवरण आउन बाँकी छ।

यसअघि असोज ८ देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण विशेषगरी पश्चिम नेपालमा ठूलो विपद् निम्तिएको थियो। सो बाढी(पहिरोमा परी २२ जनाको मृत्यु हुनुका साथै करोडौंको भौतिक क्षति भएको थियो।

भर्खरै वर्षा थामिएर जनजीवन सामान्य बन्दै गर्दा र महान् चाड दशैंका लागि घर फर्कनेहरूको चहलपहल सुरू हुन लाग्दा फेरि मौसम बिग्रने संकेत देखिएपछि सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको

गणेश नेपालीका दाइ भन्छनः ‘सरकारले सम्झौता कार्यान्वयन नगर्दा हामीसँग मर्नुको विकल्प छैन’

काठमाडौं ,१४ असोज। महानगर प्रहरीसँगको विवाद पछि काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीका दाइ मदन नेपालीले सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा समस्या भएको गुनासो

कांग्रेसको १५औं महाधिवेशन सुनसरीमा झडप,निर्वाचन प्रक्रिया स्थगित

सुनसरी ,१४ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा दुई पक्षबिच तीव्र विवाद र झडप भएपछि