हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले असोज ११ गते गएको हिमपहिरोमा खोटाङ ऐसेलुखर्कका तीन जना कुक बेपत्ता भएको बताउनु भयो। तीमध्ये घनश्याम राईको शव भेटिए पनि लखकुमार गुरुङ र सुरज राई अझै बेपत्ता रहेको उहाँले जानकारी दिनु भयो।

‘सरकारले खोजी कार्यमा चाहिँ त्यहाँ कुनै पनि खोजी कार्य भएको छैन भन्ने उहाँहरूको आफन्तबाट गुनासो छ। त्यसमा चाहिँ के गर्न सकिन्छ, सम्बन्धित मन्त्रालयको म ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले भन्नु भयो।

त्यस्तै, त्रिपुरेश्वरमा बसमा आगो लगाएर आत्मदाह गरेका अर्जुन दोङ तामाङको परिवारसँग सरकारले संवाद नगरेको भन्दै उहाँले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो।

उहाँले भन्नु भयो, ‘अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै पनि संवाद, वार्ता केही पनि नगरेको भन्ने छ गुनासो। अहिले भर्खरै बाहिर आएर उहाँहरू गृहमन्त्रीज्यूसँग बस्नलाई कुरिराख्नुभएको छ, भित्र छिर्न पाउनुभएको छैन। यो के भएको हो ?’

सांसद राईले पोल्यान्डमा नेपाली श्रमिकले बैंक खाता खोल्न नपाउँदा समस्या भोगिरहेको विषय पनि उठाए। नेपाल ‘ग्रे लिस्ट’मा रहेको भन्दै बैंकले खाता खोल्न नमानेको नेपाली श्रमिकको गुनासो रहेको उहाँले बताउनु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको