दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको नियमित चेकजाँचमा कडाइ गरेको छ।यात्राका क्रममा आफू जाने गन्तव्यको सडकको अवस्था तथा सवारीसाधनको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले यात्रुलाई आग्रह गरेको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँच गर्दै आएको छ। मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउने कार्यलाई समेत प्रहरीले प्राथमिकतामा राखेको जनाएको छ।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने तथा राजमार्गमा सवारीसाधनको आवागमनसमेत बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार चाडपर्व नजिकिँदै गर्दा राजमार्गमा तीव्र गतिमा सवारी चलाउने तथा जथाभावी ओभरटेक गर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले कडाइका साथ चेकजाँच अभियान सञ्चालन गरिएको हो।‘चाडपर्व नजिकिँदै गर्दा राजमार्गमा ओभरटेक गर्ने घटनाहरू बढ्न सक्छन्। यसबाट सवारी दुर्घटनाको जोखिमसमेत बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि हामीले कडाइका साथ चेकजाँच अभियान सुरु गरेका छौँ,’ उनले भने । ट्राफिक प्रहरीले राजस्व संकलनभन्दा सवारी तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ। यात्रुलाई सहजीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्न ट्राफिक प्रहरी दिनरात खटिरहेको प्रहरीको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व