भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय भक्तजनको सहभागितामा फूलपाती भित्र्याइएको हो ।कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री तथा सशस्त्र प्रहरी बल १४ नम्बर बाहिनीका निमन खड्कासहित सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

बडादशैंको सातौँ दिन मनाइने फूलपाती पर्वमा नवदुर्गा भवानीको प्रतीकका रूपमा फूलपाती भित्र्याउने धार्मिक परम्परा छ । यस अवसरमा मन्दिर परिसरमा भेला भएका भक्तजनले पूजाआजा गर्दै देवी भगवतीको आराधना गरेका थिए । सेना तथा प्रहरीको सहभागितामा दिइने सलामीले यस पर्वको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गरेको थियो।हेटौँडाको मध्यभागमा अवस्थित भुटनदेवी मन्दिर मकवानपुरकै पुराना र प्रसिद्ध शक्तिपीठमध्ये एक हो । मन्दिरको धार्मिक सम्बन्ध हिन्दु धर्मग्रन्थ महाभारतमा वर्णित हिडिम्बासँग जोडेर हेर्ने धार्मिक जनविश्वास छ । भुटनदेवीलाई हेटौँडाको अधिष्ठात्री देवीका रूपमा समेत श्रद्धा गरिन्छ।

 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले यस मन्दिरको स्थापना मध्यकालतिर मकवानपुरका सेन राजाले गरेको र वि.सं. १८६० मा स्थापना भएको मानिने विवरण सार्वजनिक भएको जानकारी गराउनु भयो ।भुटनदेवी मन्दिरमा प्रत्येक वर्ष बडादशैंको अवसरमा फूलपाती भित्र्याउने परम्परालाई निरन्तरता दिइँदै आएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय भक्तजनको सहभागितामा बाजागाजा सहित पूजाआजा गर्ने गरिन्छ । भुटनदेवी मन्दिरमा बडादशैं तथा नवरात्रका अवसरमा दर्शन र पूजाआजाका लागि ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गर्छन्। विशेषगरी फूलपाती, अष्टमी, नवमी र विजयादशमीका दिन मन्दिर क्षेत्रमा धार्मिक चहलपहल बढ्ने गर्दछ । हरेक शनिबार पनि उल्लेख्य सङ्ख्यामा भक्तजन आउने गरेको पाइन्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपचारका लागि लगिएका कैदी अस्पतालबाट फरार

झापा, ८ मंसिर । झापा कारागारबाट उपचारका लागि मोरङ लगिएका झापा भद्रपुरका एक युवक अस्पतालबाट फरार भएका छन् ।फरार हुनेमा भारत पश्चिम बंगाल अछाम घर

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली