‘अर्नब’ आँधीको प्रभाव 

हवाई उडानमा उच्च सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रह

काठमाडौं ,१२ कार्तीक। चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवाती आँधीको प्रभावले नेपालका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, मेघगर्जनसहित चट्याङ, तीव्र हावाहुरी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ ।प्राधिकरणका अनुसार आँधीको प्रभावले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हवाई गतिविधि प्रभावित हुन सक्नेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत असर पर्न सक्ने अनुमान गरिएको छ ।

कात्तिक १२ देखि १४ गतेसम्म मौसमको प्रभाव बढी पर्न सक्ने

प्राधिकरणले २०८३ साल कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म मौसमको प्रभाव बढी पर्न सक्ने जनाएको छ । प्रतिकूल मौसमका कारण हवाई उडान तथा विमानस्थल सञ्चालनमा चुनौती उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ ।सम्भावित जोखिम न्यूनीकरण गरी हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक तयारी गर्न तथा उडान सुरक्षालाई उच्च प्राथमिकतामा राख्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ ।

 

त्यस्तै, चक्रवाती आँधीका कारण उडान समयतालिकामा परिवर्तन वा ढिलाइ हुन सक्ने भएकाले यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनी तथा विमानस्थलसँग सम्पर्क गरी जानकारी लिन पनि प्राधिकरणले आग्रह गरेको छ ।प्राधिकरणले हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी–त्रिशूली विपदबारे बैंककमा क्षेत्रीय बहस, नेपालको प्रस्तावलाई ५३ देशको समर्थन

काठमाडौं ,१२ कार्तीक। नेपालले भोटेकोशी—त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस आयोजना गरेको छ ।एसिया प्यासिफिक देशका मन्त्रीहरु सहभागी उच्चस्तरीय बहसमा नेपालले आफूले भोगेको

कर्णालीले टस जितेर बलिङ रोज्यो, विराटनगरविरुद्ध भिड्दै

काठमाडौं,१२ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दैछन् ।जसमा कर्णालीले टस जितेर

एनपीएलमा मोइन अलीको अर्धशतक

काठमाडौं ,१२ कार्तीक। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा दर्ता भएको छ । अलीले आज

हवाई उडानमा उच्च सतर्कता अपनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणको आग्रह

काठमाडौं ,१२ कार्तीक। चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई

३४ वर्षदेखि प्रतीक्षामा रहेको दमक–रवि–चिसापानी सडकको नयाँ ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढ्यो

१ अर्ब २२ करोडको ठेक्कामा महालक्ष्मी–जया धनञ्जय जेभी छनोट, अब सम्झौता र निर्माण सुरु हुने मितिको प्रतीक्षा

कांग्रेस केन्द्रीय कार्यसमितिको आज शपथ ग्रहण

काठमाडौं ,१२ कार्तीक । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । जसका लागि केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी

जनकपुरलाई काठमाडौंको ११६ रनको लक्ष्य

काठमाडौं ,१२ कार्तीक । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा काठमाण्डौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा