छठ पर्व नजिकिँदै गर्दा मरिक समुदाय बाँसका सामग्री बनाउन व्यस्त

इनरुवा ,१९ कात्तिक। छठ पर्व आउनका लागि १० दिन मात्र बाकी रहेका बेलामा सुनसरी सहित तराई–मधेश क्षेत्रमा बसोबास गर्ने मरिक समुदायका परिवार बाँसबाट निर्माण गरिने परम्परागत सामग्री बनाउन व्यस्त भएका छन् ।

सुनसरी सदरमुकाम इनरुवा सहित कोसी, देवानगन्ज, हरिनगर, भोक्राहा नरसिंह, दुहबी, रामधुनी, गढी, बर्जु इटहरी, धरान, बराहक्षेत्र लगायतका स्थानमा बसोबास गर्दै आएका मरिक समुदायका व्यक्तिहरुले छठ पर्वमा आवश्यक पर्ने बाँसका साम्री बनाउनका लागि ब्यस्त भएका हुन् ।

छठ पर्वका लागि आवश्यक पर्ने ढाकी, नाङ्लो, सुप, कोनिया, डाला लगायतका सामग्री बनाउन मरिक समुदायका महिला तथा पुरुषलाई अहिले भ्याइनभ्याइ भएको हरिनगरका भट्टाई मरिकले बताए ।

पर्वलाई लक्षित गरी केही दिन अघिदेखि नै सामग्री निर्माण र बिक्रीका लागि बजार लैजाने तयारीमा लागि उनको भनाई छ । छठ पर्वमा बाँसबाट बनेका सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्व रहेकाले यस समयमा यसको माग बढ्ने गरेको छ ।

विशेषगरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा फलफूल, नरिवल, उखु तथा अन्य पूजाका सामग्री राख्न बाँसका सामग्री प्रयोग गरिन्छन् ।

पुर्खौंदेखि बाँसका सामग्री निर्माण गर्दै आएको मरिक समुदायका लागि छठ पर्व आम्दानीको महत्वपूर्ण अवसर समेत बन्ने गरेको स्थानीय अमिरका मरिकले बताए । यद्यपि बजारमा प्लास्टिक तथा आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत पेशा संरक्षणमा चुनौती थपिँदै गएको उनले बताए ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेन–मोदी बिच सहमती भएका परियोजना, नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभाव कस्तो ?

नेपालको भारतसँगको उच्च व्यापार निर्भरतालाई ध्यानमा राख्दा यस्ता परियोजनाले आर्थिक अवसरसँगै निर्भरता व्यवस्थापनको चुनौती पनि थप्न सक्छन्।

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व