भारतको बनगाउँ बजारमा भीषण आगलागी, ६० पसल ध्वस्त

धनगढी ,२३ कार्तीक। कैलीको धनगढीसँग सीमना जोडिएको भारतको बनगाउँ बजारमा आइतराबार राती भीषण आगलागी भएको छ ।नेपाली ग्राहकलाई लक्षित गरेर सञ्चालित भारतको लखिमपुर जिल्ला कजरिया पञ्चायत अन्तरगत बनगाउँ बजारमा भएको आगलागीका कारण ६० वटा पसल जलेर ध्वस्त भएका स्थानीको भनाई छ ।व्यवसायी दीपक अग्रवालका अनुसार एक भाँडा पसलमा विद्धुतको तार सर्ट भएर बेलुका ७ बजेको समयमा आगलागी सुरु भएको थियो । सो आगो समयमै नियन्त्रण गर्न नसक्दा बजार भर फैलिएको उहाँले बताँउनु भयो ।

 

धनगढी उप महानगरपालिकाबाट दुईवटा दम्कल, नेपाली सुरक्षा कर्मी, भारतीय सुरक्षा कर्मी र स्थानीयको प्रयास पछि राती ११ बजे तिर आगो नियन्त्रणमा आएको अग्रवालले बताँउनु भयो । बनगाउँ बजारबाट भारतको पलिया बजार करिब ५० किलो मिटर टाढा रहेको छ । पलियाबाट दम्कल आउन ढिलाइ हुने भएका कारण आफुहरूले धनगढीलाई दम्कल सहयोग मागेको अग्रवालको भनाई छ ।

 

आगलागीका कारण ५० देखि ७० करोड मूल्य बराबरको क्षति भएको स्थानीय व्यवसायी अङ्कित गुप्ताले बताँउनु भयो । एक आपसमा टाँस्सियर पसल बनेका कारण आगो नियन्त्रणमा समस्या भएको उहाँ बत्ताउँनु हुन्छ । बन गाउँ बजारमा बिहानै देखि सामान किनमेल गर्ने नेपालीको भीड लाग्ने गर्दछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।