‘समाज कानुनले भन्दा नैतिकताले चल्छ’ : अध्यक्ष ओली

काठमाडौं,२३ कार्तीक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्व माथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गर्नु भएको छ ।तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाज संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य–मान्यता र विश्वासले चल्ने बताँउनु भयो ।उहाँले समाजलाई एकताबद्ध बनाएर शान्तिपूर्ण रूपमा अघि बढाउन सामाजिक मूल्य, मान्यता र विश्वासको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भयो ।

 

‘समाज संविधानले भन्दा, कानुनले भन्दा, जेलनेलले भन्दा नैतिकताले चल्छ, इमानले चल्छ, समाजका प्रबन्ध र सामाजिक मूल्य–मान्यताले चल्छ,’ उहाँले भन्नु भयो ।अध्यक्ष ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिनु भयो । साना देखिने सांस्कृतिक गतिविधिभित्र पनि समाज र सभ्यताका महत्त्वपूर्ण पक्ष लुकेको उहाँले बताँउनु भयो ।मानिस सामाजिक प्राणी भएकाले समाज निर्माण र सञ्चालनका लागि विभिन्न नीति, नियम, परम्परा, चाडपर्व, बाजागाजा, नृत्य, संगीत र खानाका परिकारको विकास गरेको उहाँले बताँउनु भयो ।

 

उहाँले हरेक चाडपर्वका आफ्नै विशेषता, परिकार, गीत र नृत्य हुने उल्लेख गर्दै खेतीपाती सुरु गर्ने समयदेखि बाली भित्र्याउने समयसम्मका विभिन्न अवसरलाई नेपाली समाजले चाडपर्वका रूपमा मनाउँदै आएको बताँउनु भयो ।जन्म, विवाह, मृत्यु, सुख–दुःख तथा अप्ठ्यारा परिस्थितिमा समेत नेपाली समाज सामूहिक रूपमा सहभागी हुने परम्पराले संस्कृति र सभ्यता निर्माण गरेको उहाँले उल्लेख गर्नु भयो ।‘यी कुराहरूको असाधारण महत्त्व छ र हामीले यस्ता कुराहरूलाई निरन्तरता दिनुपर्छ । उल्लास र उत्साहका साथ मनाउँदै जानुपर्छ,’ उहाँले भन्नु भयो।

 

अध्यक्ष ओलीले नेपाली मौलिक बाजागाजा र नृत्यको स्थान अन्य संस्कृतिका बाजा तथा नृत्यले लिन थालेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । अन्य देशका बाजागाजा र संगीत सिक्न तथा प्रयोग गर्न सकिने भए पनि आफ्ना मौलिक कला र संस्कृतिलाई विस्थापित गर्न नहुने उहाँले ।उहाँले नेपाली नृत्यमा शारीरिक गतिविधि मात्र नभई हाउभाउ, आँखाको संकेत र खुट्टाको चालमार्फत भावसमेत अभिव्यक्त हुने विशेषता रहेको बताँउनु भयो ।‘हाम्रा नृत्यहरूमा हाउभाउ छ । आँखाले यसो हेर्दा पनि संकेत हुन्छ, खुट्टाका चालहरूमा पनि भाव हुन्छ । हाम्रो कलामा कला मात्रै होइन, भाव पनि मिसिएको छ,’ उहँले भन्नु भयो ।नेपाली मौलिक बाजागाजा, ताल, गीतसंगीत र नृत्यको विशिष्टता रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा ध्यान दिनुपर्ने बताँउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।