नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ। नेपाल भ्रमणका क्रममा काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले नेपाल सरकारको सुधारमुखी कदम र व्यवसायमैत्री नीतिको सराहना गर्नु भएको छ।

भ्रमणका क्रममा नेलवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलसँग उच्चस्तरीय भेटवार्ता गर्नु भएको थियो। भेटमा उहाँले नेपाललाई एआई पूर्वाधार र डिजिटल भुक्तानीको क्षेत्रीय हब बनाउन सकिने धारणा व्यक्त गर्नु भयो।र्टेक बिलियनेयरु भनेर पनि चिनिने नेलवालले विश्वभर एआईको द्रुत विकासका लागि विशाल कम्प्युटिङ पावर र हरित ऊर्जाको आवश्यकता पर्ने भन्दै नेपाल यसका लागि उपयुक्त स्थानमा रहेको बताँउनु भयो।’ सस्तो दरमा बिजुली बिक्री गर्नुको सट्टा नेपालले जलविद्युत्लाई एआई कम्प्युटमा रूपान्तरण गरी इन्टरनेटमार्फत अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सक्छ,’ उहाँले भन्नु भयो । आगामी २ देखि ५ वर्षभित्र यस्तो कम्प्युट उद्योगले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा महत्त्वपूर्ण योगदान पु¥याउनुका साथै राष्ट्रिय निर्यात ५० देखि १०० प्रतिशतसम्म बढाउन सक्ने उहाँले उल्लेख गर्नु भयो।

 

न्युयोर्कस्थित क्रस रिभर बैङ्क (सीआरबी) का कार्यकारी उपाध्यक्ष प्रवेश रिजालको निमन्त्रणामा नेपाल आएका नेलवालले नवीकरणीय ऊर्जाबाट सञ्चालित डेटा सेन्टरहरूले नेपाली उद्यमी तथा प्रविधि स्टार्टअपहरूलाई सहुलियत दरमा कम्प्युटिङ स्रोतहरू उपलब्ध गराउने र यसबाट स्थानीय नवप्रवर्तन प्रणाली पनि प्रर्वधन हुने बताँउनु भयो ।यसैगरी, वित्तीय प्रविधिका विषयमा बोल्दै उहाँले आधुनिक भुक्तानी प्रणालीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि रेमिट्यान्स खर्च उल्लेख्य रूपमा घटाउने बताँउनु भयो। हाल ०.५ देखि ५ प्रतिशतसम्म लाग्ने शुल्कलाई नियमन गरिएको प्रविधि र स्टेबलकोइन प्रणालीमार्फत एकदमै न्यून दरमा झार्न सकिने र बिचौलियाको साटो सोझै परिवारको बचत बढाउन सकिने उहाँले बताँउनु भएको छ।

 

ब्लकचेन र क्रिप्टोसम्बन्धी नियामक नीतिका विषयमा नेलवालले स्थानीय कानूनको सम्मान गर्दै अत्यधिक सट्टेबाजीयुक्त क्रिप्टोकरेन्सीमाथिको प्रतिबन्ध उचित रहेको बताँउनु भयो। यद्यपि, उहाँले सम्पत्ति टोकनाइजेशन अपनाउन सुझाव दिनु भयो ।भारतीय राज्य उत्तराखण्डको अल्मोडा क्षेत्रसँग पारिवारिक सम्बन्ध रहेका नेलवालले नेपालसँगको आफ्नो व्यक्तिगत सामिप्यता पनि स्मरण गर्नु भयो। हालै भोटेकोशी(त्रिशूली बाढीका पीडितहरूका लागि पोलिगनको सक्रियतामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ७५ हजार अमेरिकी डलर सहयोग उपलब्ध गराइएको उहाँले जानकारी दिनु भयो।पहिलो पटक नेपाल भ्रमणमा आँउनु भएको उहाँले चाँडै नै परिवारसहित पुनः नेपाल आउने प्रतिबद्धता जनाँउनु भयो। बाढीपीडितका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन सक्रिय रहँदै आँउनु भएको उहाँका साथी प्रवेश रिजालले नै यस भ्रमणको व्यवस्थापन गर्नु भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।