झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको टिनले छाएको ग्वालीमा अचानक आगलागी हुँदा ग्वाली पूर्णरुपमा जलेर नष्ट भएको छ। आगलागीबाट ग्वाली , पराल र काठ जलेर नष्ट हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट एकजना घाइते भएको जनाइएको छ ।
उक्त आगो नेपाल प्रहरी , सशस्त्र प्रहरी, स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा दिउँसो १२ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।










