आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र दृष्टि क्षमतासम्म विविध समस्या देखा पर्छन्।

१. प्रमुख असर तथा समस्याहरू

लामो समयसम्म स्क्रिनमा हेरिरहँदा आँखा थाक्ने, भारी हुने, रातो हुने, आँसु बग्ने र टाउको दुख्ने समस्या हुन्छ।

सामान्य अवस्थामा मानिसले प्रतिमिनेट १५ देखि २० पटक आँखा झिम्क्याउँछ। तर मोबाइल चलाउँदा यो दर घटेर ५ देखि ७ पटकमा सीमित हुन्छ। यसले गर्दा आँखाको नानीमा आँसुको तह सुक्छ र आँखा पोल्ने, बिझाउने तथा चिलाउने हुन्छ।

लगातार नजिकको स्क्रिनमा हेरिरहँदा आँखाको नानीको आकार तन्किन सक्छ, जसले गर्दा टाढाको वस्तु धमिलो देखिने समस्या -Myopia_ बढ्छ। विशेष गरी बालबालिकाहरूमा यो समस्या तीव्र रूपमा देखिएको छ।

स्क्रिनबाट निस्कने ’हाई–एनर्जी भिजिवल’ नीलो प्रकाशले आँखाको रेटिनामा तनाव पु¥याउँछ। यसले गर्दा निद्रा लगाउने हर्मोन ’मेलाटोनिन’ को उत्पादन रोकिई अनिद्रा Insomnia_ को समस्या निम्तिन्छ।

आँखाको सिलियरी मांसपेशीहरू लगातार खुम्चिरहँदा दृष्टि केही समयका लागि धमिलो हुने वा दोहोरो देखिने -Double Vision_ हुन सक्छ।

२. बालबालिकामा यसको जोखिम

बालबालिकाको आँखाको लेन्स वयस्कको भन्दा सफा र संवेदनशील हुने भएकाले नीलो प्रकाश सिधै रेटिनासम्म पुग्छ।
बाहिरी खेलकुद र प्राकृतिक घामको कमी तथा मोबाइलको निरन्तर प्रयोगले उनीहरूमा चश्मा लगाउनुपर्ने सम्भावना अत्यधिक बढाउँछ।
स्क्रिनमा धेरै समय बिताउँदा आँखाको ’फोलोइङ मुभमेन्ट’ र एकाग्रतामा ह्रास आउँछ।
३. बच्ने र आँखा स्वस्थ राख्ने उपायहरू

प्रत्येक २० मिनेट मोबाइल चलाएपछि कम्तीमा २० सेकेन्डका लागि २० फिट टाढा रहेको कुनै वस्तुलाई हेर्ने। यसले आँखाको मांसपेशीलाई आराम दिन्छ।

मोबाइल चलाउँदा जानीजानी आँखा झिम्क्याउने बानी बसाल्ने, जसले गर्दा आँखामा आवश्यक चिसोपन (आँसुको तह) कायमै रहन्छ।

मोबाइललाई आँखाबाट कम्तीमा १ देखि १.५ फिट (१६–१८ इन्च) टाढा राख्ने र स्क्रिन आँखाको लेभलभन्दा थोरै तल (१५ डिग्री तल) राखेर चलाउने।

कोठाको प्रकाश अनुसार स्क्रिनको ब्राइटनेस मिलाउने। अँध्यारोमा मोबाइल चलाउने बानी पूर्ण रूपमा त्याग्ने र रातिको समयमा ’नाइट मोड’ वा ’आई कम्फर्ट शिल्ड’ अन गर्ने।

सुत्नुभन्दा कम्तीमा १ घण्टा अगाडि मोबाइल बन्द गर्ने।

भिटामिन ’ए’, ’सी’ र ओमेगा–३ फ्याटी एसिडयुक्त खाना (जस्तैः हरियो सागपात, गाँजर, फलफूल, माछा) नियमित सेवन गर्ने।

यदि आँखा निरन्तर पोल्ने, टाउको अत्यधिक दुख्ने, आँखा रातो भइरहने वा दृष्टि धमिलो हुने समस्या देखिएमा तुरुन्त नेत्र विशेषज्ञ (भ्थभ क्उभअष्बष्कित) सँग जाँच गराउनुपर्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।