प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र द्विपक्षीय हितका विविध विषयमा केन्द्रित रहेर उक्त भेटवार्ता भएको हो। प्रधानमन्त्री बालेन आगामी मंसिर ६ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएको छ।सोही सन्दर्भमा भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भेटवार्तामा राजदूत दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताँउनु भएको थियो।साथै, उहाँले प्रधानमन्त्रीको भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारीसमेत गराँउनु भएको छ।

 

सो अवसरमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो। त्यसैगरी, नेपालमा आएको रसुवा(भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति प्रधानमन्त्रीले विशेष आभारसमेत व्यक्त गर्नु भएको छ।भेटका दौरान नेपाल र भारतबीचको वर्षौं पुरानो ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र प्रगाढ बनाउने विषयमा समेत महत्त्वपूर्ण छलफल भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेला बीच आसन्न भारत भ्रमणबारे छलफल

काठमाडौं,२ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गर्नु भएको छ।प्रधानमन्त्रीको आसन्न भारत

अध्यक्ष ओलीद्वारा सरकारको दमनविरुद्ध प्रतिरोधमा उत्रिन कार्यकर्तालाई निर्देशन

काठमाडौं ,२ मंसिर। नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले सरकार एमालेप्रति निर्मम भएर उत्रिएकाले त्यसको प्रतिरोधका लागि तयार रहन अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।आज

एमाले विकासको नायक हो : केपी ओली

काठमाडौ २ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले नेकपा एमाले विकासको नायक रहेको बताउनु भएको छ । एमालेको राष्ट्रियभेलालाई सम्बोधन गर्दै उहाँले भन्नु

अस्ट्रेलियाको क्रिसमस टापुमा रातो गंगटाको वार्षिक बसाइँसराइ सुरु

क्रिस्मस् (आईल्याण्ड),२ मंसिर । अस्ट्रेलियाको क्रिसमस टापुमा लाखौँ रातो गंगटो (रेड क्र्याब) आफ्नो वार्षिक प्रजनन यात्राका लागि जंगलबाट समुद्रतर्फ निस्किएका छन् । वर्षायामको पहिलो वर्षासँगै

जलवायु जोखिम प्रतिवेदन : अस्ट्रेलिया प्रभावित देशहरूको शीर्ष ३० भित्र

क्यानबेरा,२ मंसिर । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन्

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगियो

काठमाडौं ,२ मंसिर। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर

अछामबाट सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

अछाम,२ मंसिर । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश