दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत बन्नु भयो ।झापा ५ ले पटक पटक प्रधानमन्त्री पाएको छ । यस अघी केपी शर्मा ओलीलाई समेत अत्याधीक मत दिएर यहाँका नागरिकले प्रधानमन्त्रीको कुर्सीमा पुर्याएका थिए ।झापा ५ को मत यहाँबाट बिजेता बन्नेकालागी जत्ती लक्की सावित बनिरहेको छ उनीहरुको नेतृत्वमा देशले कस्तो रुपान्तरण पाइरहेको छ भन्ने पनि समिक्षा गरिन आवश्यक छ ।
अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह प्रधनमन्त्री बनेपछि पहिलो पटक भारत भ्रमणमा जादै हुनुहुन्छ । सो क्रममा उहाँको समकक्षी नरेन्द्र मोदीसग आधा घण्टाको समय तय गरीएको छ । यो आदा घण्टामा उहाँले कस्ता कस्ता बिषय र एजेण्डा राख्न सक्नु हुन्छ भन्ने कुरा निकै चासोका साथ हेरिएको छ ।नेपालको समग्र अर्थतन्त्रको ७० भन्दा बढि हिस्सा भारतमा आधारीत छ । भारतसगको व्यापार सँधै घाटा छ । भारतसगको सिमाना सँधै विवाद छ ।यी सबै कुरालाई कुटनैतिक तरिकाले समाधान निकाल्न दुवै देशका राष्ट्र प्रमुखहरु यसअघीपनि आमने–सामने भएकै हुन ।यो पटकको छोटो भेटमा प्रधानमन्त्री शाहले भारतसगको व्यापारमा दुवै देशलाई हसज हुने वातावरण बनउँन सुझाव झापा ५ बाट आएको छ ।
दमकका सामाजीक अगुवा प्रकाश बुढाथोकी भन्नु हुन्छ अहिले सम्म नेपाल भारत व्यापारमा नेपालले सँधै घाटा मात्रै व्यहोरीरहेको छ । यो पटक चाहि भारतको नितीमा नेपालका सामान आयात गर्ने सन्दर्भमा लचिलो बनाउने भारतलाई राजी बनाइन पर्यो । जसरी भारतका सामानहरु नेपालमा सजीलै किनेबच हुन्छ सोहि अनुसार नेपाली उत्पादनहरु भरतका बजारमा बिक्रि वितरणमा सहजता ल्याउने गरीको सम्झौता भयो भने यसले नेपालीको अर्थतन्त्रमा महत्वपूर्ण अर्थ र प्रभाव राख्ने छ ।
यसैगरी अर्को सामाजीक व्यक्तित्व निर्मल लामिछाने चाहि केहि कुटनैतिक तथा राजनैतिक मुद्धालाई स्थापीत गराउनु पर्ने बताउनु हुन्छ । नेपालको नक्समा रहेको कालापनी , लिम्पीयाधुराको जमिन भारतबाट आधीकारीक फिर्ता दिन राजी गराउने र प्रधानमन्त्री शाह यसअघी काठमाडौको मेयर भएका बेला उहाँले आफ्नो कार्यकक्षमा राखेको ग्रेटर नेपालको नक्साबारे समेत भारतलाई स्मरण गराउन पर्ने लामिछानेको सुझाव छ ।
दशकौंदेखि नेपाल–भारत सम्बन्ध सहायता, व्यापार घाटा, पारवहन समस्या, सीमा संवेदनशीलता र राजनीतिक अविश्वासको वरिपरि बढी केन्द्रित रहँदै आएको छ । यी विषय महत्त्वपूर्ण छन् र यिनको समाधान हुनैपर्छ । भारतको नेपालसम्बन्धी रणनीतिक चासो प्रायः सुरक्षा र भूराजनीतिक दृष्टिकोणबाट व्याख्या गरिन्छ । ती विषय महत्त्वपूर्ण छन् तर आर्थिक समृद्धि पनि क्षेत्रीय स्थिरताको बलियो आधार हो । रोजगारी, आय, पूर्वाधार र संस्थागत क्षमता बढेको नेपाल भारतका लागि अझ स्थिर र सक्षम छिमेकी हुनेछ । आफ्नो आर्थिक क्षमताले छिमेकी मुलुकमा निर्भरता होइन साझा समृद्धि सिर्जना गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नु भारतको लागि पनि महत्त्वपूर्ण हुनेछ ।










