एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार सम्मेलनस्थल पुग्नु भएको ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले स्वागत गर्नु भएको थियो । त्यसपछि उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेट गर्नु भएको छ ।तीनै नेताले हात मिलाएर अभिवादन गरेपछि सम्मेलनमा सहभागी अन्य विश्व नेताहरूसँग सामूहिक तस्बिर खिचाउनु भएको थियो । उहाँहरूको भेटसँगै अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच पहिलोपटक हुन लागेको त्रिपक्षीय बैठकप्रति अन्तर्राष्ट्रिय चासो बढेको छ ।

 

बिहीबार हुने भनिएको त्रिपक्षीय बैठकमा परमाणु निशस्त्रीकरण, इरानसँग सम्बन्धित द्वन्द्व, विश्व व्यापार र रुस–युक्रेन युद्ध मुख्य एजेन्डा रहने अपेक्षा गरिएको छ । यसअघि बुधबार चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा दुवै नेताले अन्तर्राष्ट्रिय अनिश्चितताबीच चीन–रुस सम्बन्ध स्थिर रहेको र बहुध्रुवीय विश्व व्यवस्था अघि बढाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।सीले चीन र रुसबीचको सम्बन्धलाई आँधीबेहरीमा पनि पहाडझैँ अडिग रहने सम्बन्धका रूपमा व्याख्या गर्नु भएको छ । उहाँले विश्व मामिलामा स्थायित्व र निश्चितता कायम गर्न दुवै देशले दीर्घकालीन रणनीतिक दृष्टिकोण अपनाउनुपर्ने बताँउनु भयो ।पुटिनले पनि कठिन अन्तर्राष्ट्रिय परिस्थितिका बाबजुद रुस–चीनबीचको राजनीतिक सहकार्य रचनात्मक रूपमा अघि बढिरहेको बताँउनु भएको थियो । दुवै देश न्यायपूर्ण बहुध्रुवीय विश्व व्यवस्था निर्माणका लागि प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

 

सीले विश्व व्यवस्थालाई बहुध्रुवीय बनाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप लोकतान्त्रिक बनाउन प्रमुख शक्तिका रूपमा दुवै देशले जिम्मेवारी लिनुपर्ने बताँउनु भएको थियो।यसैबीच, एपेक सीईओ सम्मेलनमा सम्बोधन गर्दै पुटिनले आर्थिक दबाब, प्रतिबन्ध र व्यापारिक अवरोधलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको औजार बनाउने प्रवृत्तिको आलोचना गर्नु भएको थियो । भन्सार शुल्क, निर्यात प्रतिबन्ध र आर्थिक नाकाबन्दीले विकासलाई प्रभावित गरे पनि प्रतिस्पर्धी अर्थतन्त्रको वृद्धि पूर्ण रूपमा रोक्न नसक्ने उहाँको भनाइ थियो । पुटिनले अमेरिका, चीन र रुसका राष्ट्रपतिबीच हुन लागेको त्रिपक्षीय बैठकबाट महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा पनि व्यक्त गर्नु भएको थियो ।अमेरिकी राष्ट्रपति ट्रम्पले पनि एसिया भ्रमणमा निस्कनुअघि त्रिपक्षीय बैठकमा परमाणु निशस्त्रीकरण, इरान, युक्रेन युद्ध र व्यापारका विषयमा छलफल हुने बताँउनु भएको थियो । उहाँले रुस–युक्रेन युद्धमा दुवै पक्षले ठूलो मानवीय क्षति व्यहोरिरहेको उल्लेख गर्दै युद्ध अन्त्यका विषयमा छलफल गर्ने बताँउनु भएको थियो। ट्रम्पले युक्रेन र रुसमा प्रत्येक महिना २५ हजार मानिसले ज्यान गुमाइरहेको दाबी गर्नु भएको थियो ।

 

युक्रेन युद्धबारे हुने छलफललाई विशेष चासोका साथ हेरिएको छ । युक्रेनलाई सहभागी नगराई प्रमुख शक्तिराष्ट्रहरूले युद्धबारे निर्णय गर्न सक्ने चिन्ता पनि व्यक्त हुँदै आएको छ ।त्यस्तै, अमेरिका र रुसबीचको परमाणु हतियार नियन्त्रणसम्बन्धी न्यू स्टार्ट सन्धि यसै वर्ष समाप्त भएपछि विश्व परमाणु हतियार नियन्त्रणको विषय थप संवेदनशील बनेको छ । अमेरिकाले चीनलाई समेत व्यापक परमाणु हतियार कटौती सम्बन्धी वार्तामा सहभागी गराउन खोजिरहेको छ । तर चीनले अमेरिका र रुससँग तुलनात्मक रूपमा कम परमाणु हतियार रहेको तर्क गर्दै प्रत्यक्ष वार्तामा सहभागी हुन अनिच्छा देखाउँदै आएको छ ।

 

चीनले भने तीन शक्ति राष्ट्रबीचको प्रस्तावित बैठकलाई विश्व शान्ति र रणनीतिक स्थायित्व कायम गर्ने दृष्टिले महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेको छ । एपेक सम्मेलनकै अवसरमा हुन लागेको यी कूटनीतिक भेटवार्तालाई विश्व व्यापार, सुरक्षा र शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारबाट अपदस्त गरेदेखि नै एमालेमाथि प्रहार सुरु भएको हो : ओली

काठमाडौं,३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताँउनु भएको छ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाटरे झापा ५ बासीको सन्देश कस्तो?

दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत

दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने

बिर्तामोड, मंसिर ३ । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त

दल त्याग गरेका जसपाका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं,३ मंसिर । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको निर्णय