दमक/
सरकारले गत जेष्ठ १६ गते आगामी आर्थिक वर्षकालागि बजेट सार्वजनिक गर्यो । संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल बजेट १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट सार्वजनिक गर्नु भयो ।
बजेट सार्वजनिक भएपछि यसको विभिन्न कोणबाट विष्लेशण हुन थालेको छ । सत्तामा रहेका नेता तथा पूर्व प्रधानमन्त्री देखी प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व अर्थमन्त्री , प्रधानमन्त्री सम्मले संसदमै बजेट बारेमा प्रतिकृया दिइसक्नु भयो ।
विभिन्न विष्लेशकहरुले पनि यसलाई आ आफ्नै ढङ्गले विष्लेशण गरिरहेका छन् । झापाको दमकमा रहेको दमक बहुमुखी क्याम्पसमा अर्थशास्त्र विषयको प्राध्यापन गराउँदै आउनु भएकी प्राध्यापक राधिका ओझोले यो बजेटलाई एक ऐतिहासिक छलाङ मार्न सक्ने रहेको भनेर प्रतिकृया दिनु भएको छ ।
उज्यालो खवरको कार्यालयमै आएर उहाँले बजेटका प्राथमिकताहरु सकरात्मक रहेको बताउनु भयो ।
कृषिलाई प्राथमिकता दिएर राज्यले देशलाई आत्मनिर्भर बनाउन खोज्नु सकरात्मक रहेको भन्दै विभिन्न बस्तुहरुको आयतमा रोक लगाएर आन्तरिक लगानी वृद्धिलाई प्रोत्साहन गरिएको छ ।
किसानलाई पेन्सन दिने कुरा देखी लिएर सहुलियत कर्जा सम्मका कुराले आम मानीसको जीवनमा पनि यसले परिवर्तन ल्याउन सक्ने उहाँको दावि छ । यसकालागि सरकारले कार्यान्वायन गराउने पाटोमा सक्षमता देखउन चाहि उहाँले सुझाव दिनु भएको छ ।
प्रस्तुत छ ओझासँग उज्यालो खवरले गरेको कुराकानीको भिडियो लिङ










