दमक/
सरकारले एकैपटक २१ रुपैँया सम्म पेट्रोलको मुल्य बृद्धि गरेपछि यसको देशभरबाट विरोध भइरहेको छ यो भन्दा अघी पनि सरकारले एकै पटकमा १० रुपैँया सम्म बृद्धि गरेपछि त्यसको चर्को विरोधमा उपभोक्ता सडकमा र सांसदहरुले सदन मार्फत सरकारको ध्यानकर्षण गराएका थिए ।
त्यसपछि सरकारले २ रुपैँया प्रति लिटर मुल्य घटायो । त्यतीमात्रै भएपनि सरकारले मुल्य घटाएपछि आक्रोसित बनेका सर्वसाधरणहरुले यसका विरुद्धमा बोल्ल्न छाडीसकेका थीए । तर अहिले फेरि यसका विरुद्धमा आवाज उठ्न थालेको छ ।
सडक र सदन पेट्रोलियम पदार्थको मुल्य बृद्धिका विरुद्धमा चर्कीन थालेका छन् । यो पटक सरकारले एकै पटक प्रति लिटिर २१ रुपैँया सम्ममा बृद्धि गरेर नयाँ इतिाहाँस कायम गरेपछि उपभोक्ता अझ शशक्त आन्दोलनमा उत्रनु पर्ने उपभोक्ता हित संरक्षण मञ्च झापाका अध्यक्ष डा. नबिन चापागाइँले बताउनु भयो ।
उपभोक्ताको हित बिपरित सरकारले पेट्रोलियम पदार्थमा मुल्य बढाएपछि यसले आम उपभोक्ताको भान्सा सम्म असर पारेको छ । त्यहि भएकोले यसका विरुद्धमा एक जुट बनौँ । उहाँले आह्वान गर्नु भएको छ ।
उपभोक्ताको हित र अधीकार संरक्षण गर्नु पर्ने सरकार आफै उपभोक्तालाई हरेक सामानको मुल्य बृद्धि गराएर ढाड सेक्ने काममा लागेको भन्दै उहाँले सरकारको आलोचना पनि गर्नु भयो ।
उपभोक्ताहरुको क्रयशक्ति भन्दा बढी मुल्य निर्धारण गर्नु भनेको उपभोक्तालाई हदै सम्मको शोषण गरेको उहाँको ठहर छ । पेट्रोलका नाममा अनावश्यक कर लिइरहेको परिप्रेक्षमा अहिले ती सबै कर छुट गारएर भएपनि वा त्यो संकलित कर बरारबरको रकम मात्रै अनुदानमा दिएर भएपनि मुल्य समायोज गर्नु पर्ने उहाँले सरकारलाई सुझाव दिनुभएको छ ।
प्रस्तुत छ डा. चापागाईसँग यही विषयमा केन्द्रित रहेर गरिएको भिडियो संवाद









