नायिका पुजाका लागि लक्की हिरो पल, प्रेमी आकाश

लकडाउन पछि फिल्म र यस अन्तर्गतका अवस्थाहरु प्राय शुन्य छन् । तर केही कलाकारहरु लकडाउनकै बीच केही चर्चामा छन् । लकडाउनकै बीच पुजा शर्मा र पल शाहले फिल्ममा काम गर्ने मजदुरहरुलाई राहत पनि वितरण गरेका थिए ।

लकडाउनकै बीचबाट नायिका पुजा शर्माले नायक पल शाहलाई आफ्नो लक्की हिरो पल भएको बताएकी छिन् । पुजा शर्मा र पल शाहले एक साथ काम गरेको पहिलो फिल्म ‘म यस्तो गीत गाउँछु’ हो । पहिलो फिल्म नै चर्चामा रहेपछि त्यसको सिक्वेल आईरहँदा पुजाले यसो भन्नु कुनै नौलो कुरा होईन ।

नायिका पुजा शर्मा मिडियामा छाईरहने नायिका मध्ये एक हुन् । आफ्नो समय सन्दर्भ जुन फिल्म आउँछ त्यहि फिल्मको कलाकारसँग उनले आफ्नो जोडीलाई चर्चामा राख्ने गरेकी छिन् । फिल्म ‘अझै पनि’देखि ‘प्रेम गीत’ होस् या अहिले ‘म यस्तो गीत गाउँछु २’ सम्म किन नहोस् ।

हरेक फिल्ममा आफ्नो को एक्टरलाई लक्की, दयालु, प्रेमील, मेरो हिट जोडी बन्नु उनको निरन्तरको फण्डा नै हो । यसो त फिल्म ‘रामकहानी’ पछि आकाश श्रेष्ठ र नायिका पुजा शर्माको प्रेम केही झाँगिएको जानकारहरु बताउँछन् ।

फिल्म सुटिङको क्रममा नजिक भएका यी जोडी वैबाहिक जीवनसम्म पुग्ने धेरैको आँकलन छ । जे होस् पुजाले अहिलेसम्म आईपुग्दा पललाई लक्की हिरोको रुपमा अघि सारेकी छिन् भने आकाशलाई आफ्नो प्रेमी । भोलीका दिन अर्को फिल्म रिलिजको संघार हुदाँ उनको लक्की हिरोहरु कति थपिने हो त्यो भने उनैलाई थाहा होला ।

https://youtu.be/Z4sEJfN-jwc

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट