शिविरबाट विपन्नलाई लाभ

निशुल्क दन्त शिविरमा फरक पहिचान बनाउँदै ओम शान्ती डेण्टल, रोग पहिचान र निदानका उपाय खोज्न मद्यत पुग्ने

दमक/
पछिल्लो समय झापा तथा पूर्वि मोरङका बिभिन्न स्थानमा स्वास्थ्य शिविरहरु आयोजना हुने गरेका छन् । त्यसमा शिविर र शिविरले दिने सेवाका आधारमा विभिन्न अस्पताल तथा अन्य प्राविधिक केन्द्रबाट सहयोग हुँदै आएको छ । यस काममा दमक र आसपासको क्षेत्रमा दन्त शिविरको आयोजना हुँदा सबैभन्दा पहिला अग्रसर्ता देखाउँछ ओम शान्ति डेण्टल हस्पिटल दमकले ।

यूवाहरुको सकृयतामा स्थापीत यो डेण्टल हस्पिटलले स्वास्थ्य शिविरमा गएर बिरामीको दाँतको परिक्षण मात्रै गर्दैन । त्यसकालागि औषधिको पनि व्यवस्थापन गर्दै आएको छ ।

यसबाट गाउँ तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने वर्गहरु बढी लाभान्वित हुने गरेका छन् । साथै बालबालिकाको जमात हुने स्थानहरुमा पनि यो अस्पतालले शिविर गर्ने गरेको छ ।

पछिल्लो समय बालबालिमा देखिएका र देखिन सक्ने दन्त सम्बन्धीका समस्याको पहिचान र त्यसलाई अव कसरी समाधान गर्ने भन्नेबारेको अध्ययनका लागि पनि यस प्रकारको शिविरहरु गर्दै आएको अस्पतालका सञ्चालक कमल गैरेले जानकारी दिनुभयो ।

मंगलबार विद्याज्योती बोर्डिङ सेकेण्डरी स्कुलमा शिविर सम्पन्न गरेको अस्पतालले त्यहाँ रहेका २ सय ७८ जना विद्यार्थीहरुको निशुल्क परिक्षण गर्यो ।

बालबालिकामा देखिएका नयाँ खालका समस्याको पहिचान गर्न स्वास्थ्य शिविर महत्वपूणर् रहेको र बालबालिकाहरुलाई सजग गराउन पनि यसले मद्यत पुर्याउने विस्वास अस्पतालको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु