गायिका शान्ति श्री परियारको आवाजमा अन्जली अधिकारीको आज सम्मकै फरक अभिनय , मन छोयो यो गीतले ( भिडीयो )

आखिर प्रेमनै सबै भन्दा ठुलो रहेछ। आमा बुवाको प्रेम अनि आन्तरिक प्रेममा निकै फरक छ तर माया गर्ने जोडीलाई भने माया नै ठुलो रहेछ। यहि प्रेममा कतिपय सफल भयका छन् भने कतिपयले आफ्नो ज्यान समेत गुमाउनु परेको हामीले सुन्न अनि देख्न सक्छौ। हुन त मायाप्रेम बिना संसार नै अधुरो रहनछ। मिठा मिठा सपना बोकेर हिडेका ति परेवाका जोडी जस्तै एक जोडीमा घटेको घटना हो।

मायाले पागल बनायो दुरी बढायो तर माया भने उत्तिकै रहिरहेको छ। एक अर्कालाई खोज्दै भौतारियाका ति नमुना जोडीले समाजबाट नै धोका पाउन पर्यो। यस्तै यस्तै घटनाले आज कतिपय जोडीको बिछोड भयको छ भने कतिपयले अकालमै ज्यान गुमाउन पुगेका छन्।

यस्तै घटनालाई कल्पित गर्दै गित मार्फत उतारेका छन् कलाकारहरुले। लोकप्रिय गायिका शान्ति श्री परियार र गायक कुशल बेलबासे को सुमधुर आवाजमा उनै बहुचर्चित गायक तथा सर्जक कुशल बेलाबासेकै लय तथा शब्द सिर्जनामा एक हृदयाबिदारक कथामा आधारित लोक गित हातैको पन्जाले बजारमा सार्बजनिक भएको छ।

भिडियो तर्फ प्रकाश भट्टले निर्देशन गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् र बिष्णु शर्माले उक्त भिडियो सम्पादन गरेका छन्। उक्त भिडियोमा ओबी रायमाझी र अन्जली अधिकारीको मन छुने अभिनय रहेको छ।

उक्त गीतलाई नवराज पन्तको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। बिछोडियका जोडीको मिलन भयो कि भयान होला ? आखिर कहिले सम्म यस्तो समस्यामा अल्झनु पर्ने साचो माया गर्ने जोडी ?

हेर्नुहोस भिडियो

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा