पहिचान गरे बाँचिन्छ

मौसमी फ्ल्लु र कोरोनाका लाक्षण मिल्दाजुल्दा – मौसमी फ्ल्लुमा कोरोना परिक्षण गर्न नपर्ने ।-

दमक/

अहिले बर्खाको समय सुरु भएको छ । दिनभरी झरी पर्छ । रातभरी पानी पनि परेका कारण शरिरमा चिसो बढ्न सक्छ । वर्षात नभएका बेला बेस्सरी घाम लाग्छ र खल खल पसिना आएर शरिर नुथुक्कै भिच्छ । यस्तो बेलामा हाम्रो शरिरमा मौसमी फ्ल्लुका लक्षण देखिन सक्छन् । तर ती लक्षणहरु कोरोनासँग मिल्दा जुल्दा नै पनि हुन सक्छन् । त्यसैले कोभिड बुटिको २२ औ श्रीखंलामा मौसमी फ्ल्लु र कोरोनाका लक्षण कसरी चिन्ने र बसरी बच्ने भन्नेबारेमा तयार पारिएको छ ।

निरन्तर झरी पर्ने मौसम छ । पानी नपरेका बेला तालुनै पोल्ने गरिको घाम लाग्छ । घामनै नलागेपनि मौसम हुप्प पर्छ । तातो हावा चल्छ । यसले तपाईहाम्रो शरिरमा एकैछिनमा तातो एकै छिनमा चिसो बनाउँछ । यस्तो बेलामा तपाई हामीमा मौसमी रुघा खोकी लाग्ने, ज्वारो आउने वा निरन्तर खोकी पनि लाग्न सक्छ । र यी लक्षणहरु कोरोनासँग पनि मिल्नेखालका हुन । त्यसैले मौसमी रुघाखोकी अर्थात फ्ल्लु र कोरोना आफुमा के भएको हो भनेर आफु कसरी निश्चिन्त हुने ? आम्दा अस्पतालका जनरल मेडिसिन डा. चन्दन ठाकुरका अनुसार नाकबाट पानी जस्तै फोहोर पदार्थ निस्किरहने, नाक चिलाउने, आँखा चिलाउने, खोकी लाग्यो वा ज्वरो मात्र आएको छ भने त्यो मौसमी फ्ल्लु हो । यो कम्तिमा ३ देखि ५ वा बढिमा ७ दिन सम्म चल्ने डा. ठाकुरको भनाई छ । तर कोरोना छ भने माथी भनिएका लक्षणसँगसँगै खाँटी सुख्खा हुने, ज्वारो निरन्तर आइरहने र यो निरन्तर ७ देखि माथी सम्मनै चलिरहेमा कोरोना हुन सक्छ ।

बिगत २ वर्ष देखि केहि ज्वरो आयो , खोकी लाग्यो , रुघामर्की लाग्यो भने कोरोना हो कि भनेर संक ागर्न थालीएको छ । संका गरेर सर्तक रहनु राम्रो भएपनि कतिपय चाहि अत्तालीने गर्नु हुन्छ । अत्तालीएर कोरोना परिक्षण गरिहाल्ने पनि अहिले बानी लाग्न थाल्यो । के मौसमी फ्ल्लुका लक्षण देखिने बित्तीकै पनि कोरोना परिक्षण गरिहाल्नु पर्छ त भन्ने प्रश्नमा डा. चन्दनको जवाफ छ । ‘पर्दैन । तर आफु सुरक्षीत र संयमित भएर चाहि बस्न पर्छ । बिस्तारै निको हुन्छ ।’

तर मौसमी फ्ल्लु त हो नि भनेर हेलचेक्राई गर्ने चाहि गर्न हुँदैन । यस्तो बेलामा सकेसम्म भिडभाडमा नजाने, मास्क अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात मिचिमिच धुने । हाछ्यू गर्दा कुईना वा रुमालले मुख छोप्ने चाहि गर्नुपर्छ । यसो गर्दा मौसमी फ्ल्लुबाट पनि बचिने र अहिले महामरीका रुपमा देखिरहिएको कोरोनाबाट बच्न सकिने डा. ठाकुरले सुझाव दिनु भएको छ ।

मौसमी फल्लुका लक्षण देखिहालेमा आत्तीदै अस्पताल जानै पर्छ भन्ने पनि छैन । अस्पताल क्षेत्र झन जोखिम हो । सकभर अस्पताल नजाने । चिकित्सकसँग टेलिफोन गरेर परामर्ष लिने र त्यहि बमोजिमको आवश्यक मात्रामा औषधी सेवन गर्ने । साथै मन तातो पानी र झोलिलो खानेकुरा बढि मात्रामा खाने गर्दा घरमै बसेर मौसमी फ्ल्लुबाट बच्न सकिन्छ र कोरोनाको जोखिममा पनि नपरिने चिकित्सकको सल्लाह छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गृहमन्त्री र प्रहरीको भूमिका माथि राष्ट्रियसभामा प्रश्न

काठमाडौं,९ भदौ । नेकपा (एमाले) का राष्ट्रियसभा सांसद सोमनाथ पोर्तेलले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कार तथा हत्या प्रकरणमा गृहमन्त्री र प्रहरी प्रशासनबाटै अमानवीय र

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा–खड्काको पुरक निवेदन, ११ भदौमा पेसी

काठमान्डौ,९ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेका छुट्टाछुट्टै पुरक निवेदन

मुद्दा हारेपछि सर्वोच्चबाट हामफाल्ने प्रयास, सकुशल उद्धार

काठमाडौँ,९ भदौ । स्थित सर्वोच्च अदालतको पाँचौं तलाबाट हामफालेर आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिको सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्। कारणः लालबहादुर राई नाम गरेका

जसपा नेपालद्वारा लुम्बिनीका तीन सांसदसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौँ,९ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने आफ्ना तीन प्रदेश सभा सदस्यहरूसँग २४ घण्टाभित्र पुनः स्पष्टीकरण

महिला ट्राफिक प्रहरी माथि हातपात गर्ने युवक बानेश्वरबाट पक्राउ

काठमाडौं , ९ भदौ। बानेश्वरमा आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

प्रधानमन्त्री बालेनले संसद् सचिवालयमा बुझाए आँखाको स्वास्थ्य रिपोर्ट

काठमाडौँ,९ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा कालो चस्मा लगाएरै उपस्थित हुनुपर्नेसम्बन्धी स्वास्थ्य प्रतिवेदन संघीय संसद् सचिवालयमा पठाउनु भएको छ ।स्वास्थ्यमा देखिएको समस्याका