जोखिम बढ्यो

दमकका कोभिड अस्पताल भरिन थाले- निशेधाज्ञा पूणर् पलना गर्न आग्रह

 

दमक/
दमकमा ३ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार हुन्छ । दमक अस्पताल अन्तरगतको कोभिड उपचार केन्द्र बेलडाँगी , सामुदायीक अस्पताल आम्दा अस्पताल र निजी क्षेत्रबाट एडभान्स मल्टि स्पेसियालिटि हस्पिटल दमक । यी तीनबटा अस्पतालमा कुल बेड संख्या ८० छ ।
यसमध्ये सबैभन्दा धेरै आम्दा अस्पतालमा ३८ बेड कोरोना संक्रमितका लागि छुट्याइएको छ । यसपछि दास्रो धेरै दमक अस्पतालको कोभिड उपचार केन्द्रमा ३० बेडको छ भने निजी स्तरको एडभान्समा २३ बेडको छ । यसमध्ये दमक अस्पतालको कोभिड उपचार केन्द्र बेलडाँगीमा ३० बेडमा ३० बेडनै भरिएका छन् । यता आम्दा अस्पतालको ३८ बेडमा २४ बेड भरिएका छन् भने एडभान्सामा २३ बेड मध्ये ११ बेडमा बिरामी उपचार गराइरहेका छन् ।

यस्तै कोभिड उपचार केन्द्र दमकमा सुक्रबार सबैभन्दा बढि कोरोना संक्रमितले ओपीडि सेवा लिएका छन् । त्यहाँकी व्यवस्थापन समिती सदस्य सचिव देवि दंगालले का अनुसार शुक्रबार ४९ जनाले ओपिडि सेवा लिएका हुन । दमकमा दैनिक १५ देखि २० जनाको मात्रै ओपीडि गरिदै आएकोमा शुक्रबार ४९ जनाको सेवा लिएका हुन ।

दमकमा पछिल्लो समय कोरोनाको जोखिम अत्यन्तै बढिरहेको छ । यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि नगरले पूणर् लक डाउन पनि गरेको छ । तर लक डाउन गरेर पनि संक्रमितको संख्यामा खासै कमी आएको छैन । पछिल्लो समय संक्रमित भएर अस्पताल जाने विरामीहरुको अवस्था अत्यन्तै चिन्ताजनक हुने गरेको आम्दा अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. नबिन ढकालले जानकारी दिनुभयो ।
अहिलेकै अवस्थाले निरन्तर्ता पाइरहेमा कोरोना संक्रमितहरुले उपचारका लागि बेड नपाउने समस्या त बढ्छ नै यसभन्दा अघि झेलिएको अक्सिजन अभाव फेरि पनि सुरु हुने उहाँले बताउनु भयो ।

दमक अस्पतालको कोभिड उपचार केन्द्रमा संक्रमितको उपचारमा खटिरहनु हुने डा. दिवस बोहोराले संक्रमितहरु निकै साह्रो भएपछि मात्रै अस्पताल आउने गरेकोले अवस्था जटिल बन्दै गएको बताउनु भयो । नगरपालिकाले जारी गरेको निषेधाज्ञालाई पूणर् पालना गरेर घरमै बस्ने हो भने यसले केहि समयमा चेन ब्रेक गर्न सक्ने विस्वास उहाँलाई छ । तर यसको पूणर् रुपमा पालना नागरिक तहबाटै हुनुपर्ने उहाँको भनाई छ ।
स्थास्थ्य कार्यालय झापाको तथ्याकं अनुसार शुक्रबार मात्रै दमकमा ७५ जना कोरोनाका संक्रमित थपीएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

काठमाडौं ,५ असोज। नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं ,५ असोज। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताउनु भयो । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग

२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?

भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥यायो । बाढी आएको सुरुवाती दिनदेखि नै हजारौँ

२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?

भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥यायो । बाढी आएको सुरुवाती दिनदेखि नै हजारौँ

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण