खोप अभियान

‘खोपले बाँच्ने आशा जगायो’

दमक/

कोरोना विरुद्धको खोप अभियान अहिले सञ्चालन भइरहेको छ । दमक नगरपालिकामा गत १२ गतेदेखि खोप लगाउने अभियान सञ्चालन छ । यो चरणको खोप अभियान शुक्रबार सकिएको छ । ५५ वर्ष उमेर समुहभन्दा माथीका नागरिकहरुलाई खोप लगाइएको हो ।

७५ वर्ष पुग्नु भएका डिल्लीराम चौहान दमक ६ स्थित पशुपति मन्दिरको खोप केन्द्रमा खोप लगाउँदै हुनुहुन्थ्यो । कोरोना विरुद्धको खाप लगाइएन भने अव बाँच्न मुस्क्लि छ है भन्ने कुरा बुझेपछि खोप लगाउन आएको बताउनु भयो । कोरोना लाग्यो भने मरिपो हालीने हो कि भन्ने उहाँमा पीर छ । त्यसैले सरकारले कोरोना विरुद्धको निशुल्क लगाउने खोप पाउँदा उहाँ दंग पर्नु भएको छ । खोप लगाएर आफु सुरक्षीत बन्न खोप लगाउन आएको उहाँले बताउनु भयो ।

दमक ५ निवासी ८० वर्ष की चन्द्रमाया बुढाथोकी छोराको साहरामा कोरोना बिरुद्धको खोप लगाउने केन्द्रमा आउनु भएको थियो । पहिलो चरणमै खोप लगाउने पालोको उमेर समुहमा उहाँ पर्नु भएको थियो । तर त्यसबेला कोरोनाको खोप लगायो भने मरिन्छ भनेर छ। छिमेकले सुनाइदिएको उहाँले बताउनु भयो । तर अहिले चाहि यहि खोप लगाएन भने बाँच्न नसकिने रहेछ भन्ने सन्देश सुनेपछि उहाँ खोप लगाउन आएको सुनाउनु भयो ।

रञ्जदा कार्की । उहाँलाई अहिले आफु कति वर्ष भए भन्न आउँदैन । तर ९९ सालमा जन्मेको भन्ने चाहि सम्झीरहनु भएको छ । उहाँको भनाई अनुसार उहाँ अहिले उमेरले ७९ वर्ष पुग्नु भयो । दमक ५ मा रहेको दिपीनी आधारभूत विद्यालयमा खोप लगाउन आउँनु भएको थियो । उहाँ र उहाँकी बुहारी दुबैजना खोप लगाउन आउनु भएको थियो । पहिला हैजा आयो, रुघामर्की लाग्यो भन्थे । यहि रोगलाई अहिले कोरोना भन्न थालेछन् । तयसैले यो हैजा लगोस है भन्न खोप लगाउनु पर्ने उहाँले थाह पाउनु भएछ । यो खोप लगायो भने मात्रै हैजा आफुमा नआउने बुझेपछि खोप लगाउन आएको कार्कीले बताउनु भयो ।

दमकमा १२ गते देखि १५ गते शुक्रबार सम्म खोप अभियान चलयो । ये अवधिमा सम्म ५५ वर्ष उमेर माथीका ६ हजार ३ सय ८०. जना जेष्ठ नागरिकले खोप लगाएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाका नगेन्द्र भट्टराईका अनुसार अर्को समुहका लागि भनेर शनिबार खोप तालिका सार्बजनिक भएपनि स्थगीत गरिएको छ । यस भन्दा अघि खोप लगाउन छुटेका जेष्ठ नागरिकको संख्या पनि धेरै रहेकोले खोप ५५ वर्ष उमेर माथीका नागरिकलाई मात्रै लगाएर सकिएको भट्टराईले जनानकारी दिनुभयो ।

जनसंख्याका आधरमा मात्रै खोप लगाएको भए ६ हजार ३ सय ८९ मध्ये बाट १ हजार ९ सय बढि खोप बचत रहन सक्ने अनुमान नगरपालिकाको थियो । बचत हुने सो खोप नगरभित्रका सार्वजनिक यातायातमा काम गर्ने चालक तथा सहचालक, बैदेशिक रोजगारमा जान ठिक्क परेका नागरिकलाई लगाने गरिको खोप तालिका सार्वजनिक भएको थियो । अव साउन १९ गते अमेरिकाको जोन सोन एण्ड जोनसोन खोप लगाउन सुरु गरिने पनि नगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा ३ हजार ५ सय बढि डोज जोन सोन एण्ड जोनसोन खोप भुटानी शरणार्थी शिविरका बासिन्दालाई लगाउन खोप आएको छ । शिविरमा १८ वर्ष उमेर माथीका सबै शरणार्थीलाई खोप लगाइने । त्यसपछि नगरपालिकाले ५० वर्ष उमेर माथीका आफ्ना समुदायका नागरिकलाई खोप लगाउँदै छ । त्यसका लागि २१ गते स्वास्थ्य कार्यालय मार्फत ८ हजार बढि खोप आउने छ । यो खोप २२ गते देखि तोकिएका खोप केन्द्रबाट लगाइने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सबै तस्बिर : सुर्य तिम्सिनाले खिच्नु भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गुडिरहेको बसमा आगलागी ,चालकको उपचार हुँदै

काठमाडौं ,५ असोज। काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२

न्युयोर्क । एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले आगामी दशकभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानव जातिको अस्तित्व समाप्त पार्न सक्ने चेतावनीलाई भ्रामक र काल्पनिक

यात्रुवाहक बसमा आगलागी

काठमान्डौ,५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा यात्रुवाहक बसमा आगलागी भएको हो । घटनाबारे थप विवरण

विश्व शान्ति दिवस आज मनाइँदै

काठमाडौं,५ असोाज । आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व शान्ति दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको

भोटेकोशी बाढी अपडेट ,१ हजार ४५१ जनाको शव फेला

काठमाडौं ,५ असोज। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

काठमाडौं ,५ असोज। नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र

सम्बन्धित समाचारहरू