थपीयो लक डाउन

दमकमा थपीयो लक डाउन , केहि मोडालिटि परिबर्तन

दमक/
दमक नगरपालिकाले नगरभित्र कोरोनाको जोखिम बढेको भनेर साउन ११ गते रातीदेखी लक डाउन गरेको थियो । यसको अवधि साउन १७ गते राती १२ बजे सम्मको थियो । यसको अवधि आईतबार बेलुका १२ बजे सकिदै छ । त्यसैले अवको रणनिती के भन्नेबारेमा आईतरबार साँझसम्म नगरपालिकामा बैठक बसेको थियो ।

नगर प्रमुख प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको बैठकले दमक नगरपालिकाको लक डाउनको मोडालिटिमा केहि परिबर्तन गरेको छ । जसमा यसअघि हरियो तरकारीका बजार पनि पूणर् बन्द गर्ने भनिएको थियो । दुध र अण्डाका पसल मात्रै स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न पाउने भनिएको थियो । तर अबबाट हरियो तरकारीको किनबेच पनि गर्न पाइने छ ।

यसका लागि जिल्ला प्रशाषन कार्यालयको निणर्यलाई नै मान्यता दिने बताइएको छ । त्यो भनेको बिहान ६ बजे देखी ८ बजे सम्मको हो । अर्थात अव दमकमा बिहानको उपरोक्त समयमा तरकारीका बसलहरुले स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने छन् । यस्तै अतिआवश्यकीय बस्तुको ढुवानी गर्नपनि निश्चित समय तोकिएको छ । साझ का ५ बजे देखी बुलुका ८ बजे सम्ममा सबै प्रकारका ढुवानीका काम सकिसक्नु पर्ने र यसकालागि पनि दमक नगरपालिका, सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नु पर्ने प्रावधान राखीएको छ ।

एटिम बाहेक सबै वित्तिय सस्था पूणर् बन्द
जिल्ला प्रशाषन कार्यालय झापाले केन्द्रको अनुमति वा निर्देशन अनुसार हप्ताको ३ दिन बैक तथा वित्तिय सस्थाले आलोपालो कर्मचारी राखेर सञ्चालन गर्न पाउने भनेको छ । तर यो सुविधा दमकमा भने पाइने छैन । दमकमा रहेको सबै प्रकारका बैक तथा वित्तिय सस्थाहरुले आफ्ना सम्पूणर् कामका साथै प्रशषनिक काम पनि गर्न पाने छैनन् । कार्यालयको भित्रको काम छ । सेवाग्राहिको सेवामा होईन । आन्तरिक काम भन्दै पनि कार्यालय खोल्न नपाउने निणर्य भएको दमक नगरपालिकाका कोरोना फोकल पर्सन कुबेर भट्टराईले जानकारी दिनुभयो ।

यस्तै दमकमा अति आवश्यक बाहेकका सबै सेवाप्रदायक तथा बस्तुको किनबेच गर्ने ब्यापार व्यवसाय पूणर् रुपमा बन्द गरिने छ । सर्वसाधरणको हिडडुललाई नियन्त्रण गर्न नगरपालिकाले विषेश सयन्त्र बनाएर अनुगमन गर्ने जनाएको छ । प्रहरी प्रशाषनले लक डाउन उल्लघन गर्नेलाई अवबाट कार्वाहि र दण्डको प्रबन्ध गर्ने पनि जनाएको छ ।

स्वास्थ्य सस्थाको हकमा अस्पतालहरुले इमरजेन्सि बाहेकका अन्य सेवाहरु आवश्यकता र जटिलताका आधारमा सञ्चालन गर्न पाउने छन् । तर अस्पतालमा ओपिडी बन्द गरेर क्ििलनकमा गएर ओपिडी सेवा नदिन चिकित्सकहरुलाई आग्रह गरिएको छ । कुनैपनि क्लिनिकले चिकित्सक राखेर ओपिड सञ्चालन गरेमा चिकित्सक तथा मेडिकल सञ्चालकलाई पक्राउ गरिने पनि जनाइएको छ ।

यो निणर्य आगामी २४ गते राती १२ बजे सम्म लागु हुने छ । ।त्यसपछि दमकमा कोरोनाको जोखिम हेरेर थप निणर्य लिइने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु