आयूर्वेदको आवश्कता

आयुर्वेदिक अस्पतालको भवन बनि सक्यो ? कहिलो होला सञ्चालन ?

दमक/
झापाको कमल गाउँपालिकामा प्रादेशिक आयूर्वेदिक अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । केन्द्र सरकारको लागतमा तयार भएको यो अस्पताल अव प्रदेश सरकारमा हस्तान्तरण भएपछि सञ्चालन गर्ने योजना बनाइएको छ । यो अस्पताल सञ्चालनमा आएपछि कमलसँगै प्रदेश १ बासीले उच्च स्तरिय आयूर्वेदिक स्वास्थ्य सहित अन्य सेवा पनि पाउने विस्वास गरेका छन् ।

 

बाहिरबाट आँखाले हेर्दा प्रादेशिक आयूर्वेदिक अस्पताल जसरी भव्य देखिन्छ यसको भित्रै पसेर हेर्दा रोचक छ । यहाँ आयूर्वेदिक उपचार पद्धितीबाट जुन जुन स्वस्थ्य सेवा दिइन्छ त्यसका लागि विषेश कक्ष बनाइएको छ । छुट्टै ओपिडीको वार्ड छ । यतिमात्र होईन यहाँ आयूर्वेदिक पद्दतीबाटै एक्सरे गर्नका लागि पनि कक्ष बनाइएको छ ।आइसियू, एन आइसियू जस्ता जटिल कक्षहरु पनि यहाँ बनाइएको छ । यसका साथै यो आयूर्वेदिक अस्पताल भवनको अर्को विषेशता भनेको चाहि यहाँ आगो लागिहालेमा निभाउन प्रयोग गरिने फायरिङ र पानीको पुर्ती तथा प्रयोग गर्न बोम्बाको बेग्लै प्लाण्ट पनि तयार गरिएको छ । पहिलो र दोस्रो तलाको क्षेत्रफल २ हजार २ सय स्कायर मिटर रहेको छ भने तेस्रो तला १ हजार ३ सय क्वायर मिटरमा फैलिएको छ । सबै वार्डहरु फराकिला छन् । यसका साथै यहाँ योगा हलको पनि छुट्टै प्रवन्ध गरिएको छ । प्रसुति सेवा पनि यहिबाट दिन सकियोस भनेर त्यस सम्बन्धीको कक्षपनि यहाँ निर्माण गरिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना, झापाका इन्जिनियर भुपेन्द्र यादवले बताउनु भयो ।

यो आयूर्वेदिक अस्पतालको निर्माण सम्पन्न भएपछि यस आसपासका नागरिकमा उत्साह बढेको छ । नागरिकले स्तरिय आयूर्वेदिक सेवा आफ्नै ठाउँबाट पाउन सक्ने भन्दै स्थानीयबासी मणिकुमार भण्डारीले एलोपेथिक पद्धतीबाट निको नभएका र सन्तुष्ट नभएकाहरुलाई मद्यत पुग्ने बताउनु भयो ।

 

दुःख र अप्ठयारो पर्दामात्रै आयूर्वेदिकको भर पर्ने चलन हाम्रो समाजमा छ । अन्यबेला एलोपेथिक अस्पतालकै विस्वासमा आम मानिस दौडिरहेका छन् । अहिले कोरोना कहर सुरु भएपछि आयूर्वेदिक प्रतिको विस्वास केहि मात्रामा बढेको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउनु हुन्छ । तर यसले मात्र पर्याप्त नहुने भन्दै कमल बासीमा आयूर्वेदिक प्रतिको विस्वास बढाउन गाउँपालिकाले बजेटकै व्यवस्था गरेर प्रचार गर्ने र यसकालागि आयूर्वेदिक स्वास्थ्य शिविरहरु गराउने उहाँले बताउनु भयो ।

सुरुमा यसलाई पूर्वाञ्चल क्षेत्रीय आयूर्वेद चिकित्सायल नाममा सिलान्यास गरिएको थियो । २०७५ साल भदौ ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको सिलान्यास गर्नु भएको थियो । पछि संघिय संरचना बनेपछि यसलाई प्रादेशिक आयूर्वेदिक अस्पताल बनाउने र यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश १ सरकालाई दिने निणर्य भएको स्थानीय एमाले नेता होम बहादुर थापाले बताउनु भयो । आयूर्वेदिक चिकित्सा सम्बन्धीको मेडिकल कलेज नै यसलाई बनाउने गरिको संचना बनाइएको उहाँको भनाई छ । बैद्यहरुको यहिबाट उत्पादन गर्ने र यस क्षेत्रको प्रोत्साहन गर्न यसले मद्यत पुर्यायने विस्वास थापाको छ ।

 

अहिले भवन निर्माणको सबै काम सकिएको छ । अव यसलाई सञ्चालन गर्न यहाँ आवश्यक पर्ने उपकरण तथा अन्य श्रोत साधनका साथै जनशक्तिको व्यवस्थपन गर्नु पर्ने छ । यसकालागि अव प्रदेश सरकारले तदारुकता देखाउनु पर्ने हुन्छ ।

यहि क्षेत्रबाट प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्नुभएका प्रदेश सभा सदस्य अर्जुन राईले केन्द्र सरकारले प्रदेश सरकारलाई औपचारिक हस्तान्तरण गर्न बाँकी रहेकोले बाँकी काम गर्न समस्या भएको बताउनु भयो । त्यसका लागि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले केन्द्र सरकारसँग सहकार्य गरिरहनु भएको उहाँले जानकारी दिनुभयो ।

यो भवन निर्माणको सुरुको लागत अनुमान २३ करोड ५१ लाख रुपैँयामा आह्वान गरिएको गरिएको थियो । यसमा रबिना खनाल जेविले सुरुको सम्झौता रकम १९ करो ५१ लाखमा गरेको थियो । पछि भवनको डिजाईनमा केहि परिवर्तन भएपछि २० करोड ६३ लाख रुपैँयामा काम सम्पन्न गरेको छ । २०७५ असा ३१ गते भवन निर्माणको लागि सम्झौता भएको थियो । त्यसबेलाको सम्झौताले २०७७ असार ३१ गते सम्पन्न गरिसक्नु पर्ने थियो । तर कोभिडका कारण १ वर्ष म्याद थप गरि २०७८ असानर २५ गते यसको निर्माण सम्पन्न गरिएको निर्माण कम्पनी रबिना खनाल जेविका अध्यक्ष प्रकाश केसीले जानकारी दिनुभयो ।

भवन २ बिगाह १ धुर क्षेत्रफलमा फैलिएको छ । मणी भण्डारी लगायत विभिन्न स्थानियबासीहरुले यो जग्गा आयूर्वेदिक अस्पताल निर्माण गर्नकालागि दान दिनुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।