निःशुल्क आँखा शिविर सम्पन्न

 

धरान  धरान उपमहानगरपालिका १८ नम्बर वडा कार्यालयले आँखा शिविर सञ्चालन गरेको छ ।

शनिबार सम्पन्न शिविरमा १ सय १७ जनाले आँखा परीक्षण गराएका थिए । परिवर्तनका लागि सामाजिक अभियानको सहकार्य तथा सूर्य आई केयरको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।

जाँच गरिएकामध्ये ११ जनामा मोतिया विन्दुको समस्या भएको थियो भने १५ जनाले चस्मा लगाउनुपर्ने देखिएको आँखा रोग विशेषज्ञ डा. इच्छा जोशीले जानकारी दिइन् ।

त्यस्तै ३० जनाको आँखा पुनः जाँच गर्नुपर्ने देखिएको छ भने १५ जना कमजोर दृष्टि भएका बिरामी भेटिएको उनले बताइन् । बालबालिकामा पनि आँखाको समस्या देखिएको छ ।

मोबाइल प्रयोगका कारण बालबालिकाहरूको आँखामा समस्या रहेको उनको भनाइ छ । कार्यक्रमको संयोजन तथा सहजीकरण अभियानका सल्लाहकार मोहन श्रेष्ठका अनुसार वडाका ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको हो ।

वडाध्यक्ष नरेन्द्रकुमार राई प्रवीणले आँखा शिविरले वडावासी नागरिकलाई सहयोग पुगेको बताए । शिविरमा आँखामा सामान्य समस्या देखिएकाहरूलाई निःशुल्क रूपमा औषधि वितरण गरिएको थियो । आवश्यकता अनुसार चस्मा तथा आँखाको उपचार गर्न विशेष सहुलियतसमेतको व्यवस्था गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु