जाखिम मोल्न बाध्य

बजार खुल्ला छ , जोखिम पनि बढ्दो छ कसरी जोगिने ?

दमक /
के बिहान, के दिउँसो अनि के साँझ । अहिले बजार निस्कने हो भने सडक भरी विभिन्न सवारी साधनको चाप देख्न सकिन्छ । जे सामान चाइयो त्यस सम्बन्धीका सबै पसलहरु खुल्ला छन्् । अर्थात प्राय सबै सटर खुल्ला छन् । सरकारले खोल्ने अनुमति नदिएका केहि पसलहरु त अझ सामान्य अवस्थाको झै गरेर खोलेर ब्यापार गरिरहेका छन् ।

बजारमा यस्तो अवस्था देखिदा कोरोनाको जोखिम सकिएछ भन्ने जस्तै हुन्छ । तर चिकित्सकहरुको कुरा सुन्ने हो भने फरक छ । दमक स्थित आम्दा अस्पतालकी डा. सुरक्षा बास्कोटा जोखिम कम नभएको बताउनु हुन्छ । सरकारले सामान्य नागरिकको जन जिवनमा केहि समस्या पर्यो होला वा बिहान बेलुका खाद्यन्न सामाग्री खरिद गर्नै नपाउँदा समस्या भयो होला भनेर त्यहाँ सहजिकरण मात्रै गरिदिएर निशेधाज्ञा खुकुलो बनाएको हुन सक्ने डा. बास्कोटा बताउनु हुन्छ । सार्वसाधरणले कोरोनाको जोखिमको अवस्थाका बारेमा नबुझ्दा र यसले पुर्याउन सक्ने क्षतीको आँकलन गर्न नसक्दा अवस्था चिन्ताजनक हुने हो कि भन्ने पीर चाहि उहाँमा छ ।
केन्द्र सरकारको सिसिएमसि , प्रदेश स्तरको पिसिसिएमसि , जिल्ला स्तरको डिसिसिएमसी र पालिका स्तरको एलसिसिएमसि नाममा कोरोना रोकथाम तथा व्यवस्थापनमा काम गर्र्न समिती हुन ।

जिल्लामा रहेको डिसिसिएमसिको आधारमा पालिका तहकका एलसिसिएमसिले आफ्नो पालिकाको जोखिम हेरेर अर्को निणर्य लिन सक्छन् । झापाको डिसिसिएमसीले अहिले घोषित निशेधाज्ञामा केहि खुकुलो बनाएको छ ।

त्यसै अनुसार दमकले पनि निणर्य गरेको छ । तर केहि परिमार्जन गरेर जिल्ला तहको भन्दा दमक नगरको निणर्य केहि पालना गराउन निरन्तर अनुगमन गरिरहिएको नगरपाकिलाका प्रमुख प्रशाषकिय अधिकृत गणेश प्रसाद तिम्सिना बताउनु हुन्छ । तर पनि अटेर गरेर केहि सर्वसाधरणले नगरको निणर्य नमान्नु भनेको चाहि अटेरपन मात्रै रहेको उहाँको भनाई छ ।

जव सम्म आफु र आफ्नो परिवारमा कोरोना संक्रमण र यसले पार्ने क्षतीको प्रत्यक्ष अनुभुति हुँदैन तव सम्म नागरिकमा चेतना ल्याउनै नसकेको उहाँको बुझाई छ । त्यसैले उहाँको आग्रह छ कम्तिमा छर छिमेकमा कोरोनाले पारेको असर यसले निम्ताएका दुखद् खवर हेरेर मात्रै पनि आफ्नो गतिविधि अघी बढाउने हो भने जोखिम आफै कम हुने थियो ।

दमक नगरपाकिलाका प्रमुख रोमनाथ ओली चाहि अहिले कोरोनाको जोखिम केहि कम भएर नै निषेधाज्ञामा केहि खुकुलो बनाउने निणर्य गरिएको बताउनु हुन्छ । उहाँका अनुसार अहिले कोरोना संक्रमणको दर पहिलैको जस्तो भएपनि संक्रमितमा खतराको अवस्था चाहि कम भएको छ । विभिन्न अस्पतालमा गएर अनुगन गर्दा अहिले संक्रमितहरु उपचार गराउन अस्पताल आउनेको संख्या पनि कम, उपचार गराउन आउनेहरुपनि डिस्चार्ज हुने धेरै र आइसियूमा बस्नेहरुको संख्या घट्दै गएकोले निशेधाज्ञामा केहि खुकुलो पारिएको नगर प्रमुख ओलीको भनाई छ ।

यद्यपी जोखिम चाहि कम नभएकोले आवश्यक न्यूनतम स्वास्थ्य सम्बन्धिका मापदण्डहरु चाहि पालना गर्नुपर्ने उहाँको सुझाव छ ।
बजार, चोक तथा अन्य सार्वजनिक स्थानामा अहिले अचाक्ली भिड बढ्न थालेको छ ।

प्रहरीले कुनै कुनै समयमा भिड नियन्त्रण गर्न चकिङ गर्ने , बिना अनुमति पत्रका सवारी साधन सञ्चालन गर्नेको सवारी साधन होल्ड गर्ने, तोकिए बाहेकका पसलहरु खोल्नेहरुलाई कार्वाहि गर्ने , पक्राउ गरेर लगेर सम्झाइ बुझाई गर्ने गरेको चाहि छ । तर यसलाई अझै पनि प्रभावकारी बनाउन चाहि आवश्यक छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन