दमक/
नेकपा एमाले बुधबारबाट विधिवत रुपमा विभाजन भयो । एमालेबाट चोइटिएर गएको मावध नेपाल पक्षका माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि प्रदेश १ मा सरकार परिवर्तनको चर्चा चलेको छ । खासगरि एमालेका ५६ सांसद मध्ये ११ जनामात्रैले पनि साथ छोडेर नयाँदलमा जानेवित्तीकै प्रदेश सरकारले आफ्नो बहुमत गुमाउँछ र अर्को सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न पर्छ ।
चर्चामा आएअनुसार ५६ जना मध्ये १५ जना माधव नेपाल पक्ष पार्टिमा लागेको भन्ने छ । तर यसको कुनै आधीकारिक भने हुन सकेको छैन । यदि १५ जना सांसद मध्ये कम्तिमा पनि ४ जनालाई बर्तमान सरकारले मुल पार्टिमा नै राख्न सकेन सरकार ढल्ने निश्चित छ । उसो हो भने प्रदेश १ सरकारले यसका लागि केके गरिरहेको छ ? आफ्नो सत्ता जोगाउँन ? प्रदेश १ सरकारका प्रवक्ता , आन्तरिक मामिल तथा कानुन मन्त्री हिकमत कुमार कार्कीसँग भूमिराज पराजुलीले केहि सवाल जवाफ गर्नु भएको छ ।
पार्टि विभाजनको असर प्रदेश १ मा पनि मज्जैले परेको जस्तो देखिन्छ । तपाईको नजरमा कस्तो छ ?
खासमा एउटा पार्टिबाट बनेको सरकार त्यहि पार्टि विभाजन हुँदा त्यसको असर नपर्ने भन्ने कुरा त हुन्न । तर अहिले हामीले हाम्रो पार्टिमा रहेका कमरेडहरुसँग बाक्लो छलफल गरिरहेका छौ । मुल पार्टिमै बसेर सबैले आ- आफ्ना् जिम्मेवारी अनुसार काम गरौ भनेर लविङ गरिरहेका छौ । केन्द्रमा पनि जेष्ठ २ को निर्याय कार्यान्वायन गर्ने सहममित भइसकेको छ । यसको प्रभाव प्रदेशमा पनि पर्छनै । सबै कमरेडहरुले आफ्नो आफ्नो पहिलाको जिम्मेवारीमा बसेर काम गर्न पाउनु हुने छ । हामी यहि कुरा बुझाउन र मुल पार्टिमै बसाई राख्न निरन्तर छलफल गरिरहका छौ ।
आखिर जेष्ठ २ मा फर्कनुनै र छ । किन अन्तिम समयमा मात्रै आएर यस्तो निर्याय गर्न पुगियो ?
राजनितीमा कहिले कस्तो परिस्थिती आउँछ । कहिले कस्तो । त्यो कहिलैपनि पूर्वानुमान गर्न नसकिने रहेछ । त्यसैले विचमा विभिन्न उतार चढाव भए । अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट पनि केहि कमजोरी भए होलान । माधव कमरेडबाट पनि पक्कै केहि गल्ती भएका छन् । विषेश गरि २ जना विचको मनमुटावका कारणले गर्दा पार्टिले विभाजनको क्षती बिहोर्नु पर्यो । तर पनि मुल पार्टि र एमालेबाट कोहि पनि बिचलीत बन्नु हुदैन भन्ने हाम्रो मान्यता हो । पार्टिभित्र नेताहरुबिचमा विवाद हुन सक्छ । समस्या सिर्जना हुन सक्छन् । कुरा नमिल्न सक्छ । तर ती सबै कुराहरुको हल छलफल र बहस नै हो । हामीले जहाँ समस्या देखियो , त्यहि बसेर समाधान पनि खोज्ने हो । त्यसैले अहिले माधव कमरेड सहितका केहि कमरेडहरु छलफलबाट समाधान निकाल्न पटि लाग्नु भएन । आफु अध्यक्ष हुने मात्रै सपना देखेर नयाँ पार्टि खोल्न तिर लाग्नु भयो । तर केहि कमरेडहरुले मुल पार्टिमै बसेर आफ्ना असन्तुष्टिहरु राख्नु भयो । ती असन्तुष्टिहरु संवादबाट टिङ्गीए पनि । हो यहि संवाद हामी प्रदेश १ मा पनि गरिरहेका छौ । कमरेडहरुलाई पार्टि फूटले होईन जुटले मजदुब बनिन्छ भनेर समझाउने काम भइरहेको छ । आशा छ कमरेडहरुले फूट भन्दा जुट नै राम्रो हो भन्ने बुझ्नु हुने छ ।
प्रदेश १ बाट १५ जना प्रदेशसभा सदस्यहरु मावधपक्षमा गाएको भन्ने छ । यसले तपाईहरको सरकारलाई अल्पमतमा पार्यो नी ।
त्यो गलत हो । अहिले सम्म २/४ कमरेडहरु बाहेक अन्य कोहि पनि अर्को पक्षमा गाएको भन्ने जानकारी छैन । २/४ कमरेड जानु स्वभाभिक नै पनि हो । जसले पहिलैदेखि माधव कमरेडको अन्धभक्त भएर काम गर्नु भएको छ । उहाँहरु जानुहुन्छ । तर पार्टिको सिर उच्च राख्ने, सरकारको नेतृत्व गर्दा विकास मात्रै आफ्नो पहिलो लक्ष देख्ने नेतृत्वको पहिचान जसले गर्न सक्छ बास्तवमा ती माननीयज्यू जानुहुन्न । यो हाम्रो विस्वास हो । बरु यसमा हामी अहिले पनि यदि उहाँहलाई सरकारमा आउन मन छ भने हामी मार्ग प्रशस्त गर्न पनि तयार छौ । तर सरकार अर्को पार्टिको नेतृत्वमा जान दिदैनौ । यसले एक प्रकारको अस्थितरताको विकास गर्छ । नागरिकमा थप वितृष्णा पैदा गर्छ ।
उसो भए मुख्यमन्त्री सहित अन्य मन्त्रालय छोड्न तयार हुनुहुन्छ त ?
मन्त्री र मुख्यमन्त्रीकै लागि उहाँहरु अर्को पार्टिमा जानुहुन्छ भने हामी त्यो रोक्न भएपनि मुख्यमन्त्री र अन्य मन्त्रालय छोड्न तयार हुनु पर्छ । एमालेका ५६ जनानै मानियन्यूहरु एक ठाउँमा बसौ । त्यहिबाट संसदिय दलको नेता चयन गरौ । मुख्यमन्त्री उहाँलाई नै बनाउ । अहिलेका मुख्यमन्त्री शेरधन राईज्यू जत्तीकै शालीन र क्षमतावान अन्य कोहि हुनुभएको दावि गरेर संसदिय दलको बैठकमा प्रसताव आओस । त्यसमा छलफल गरौ । निष्कर्ष निकालौ । नेतृत्व गर्ने पात्र जो भएपनि पार्टि एउटै हुनुपर्छ । एमालेले नै प्रदेश सरकार सञ्चालन गर्नु पर्छ । यहि पार्टिमा आम नागरिकले विस्वास गरेका छन् । प्रदेश सरकारको अनुभूति दिलाउने प्रयास चलिरहेको छ। यसलाई थप प्रभावकारी बनाएर काम गरौ । अहिले भइरहेका मन्त्रालय पनि हामी बाँडफाड गरेर चलाउन सक्छौ ।