उज्यालो बहस

‘प्रदेश १ मा एमाले नेतृत्वकै सरकार पुरै कार्यकाल चल्छ’मन्त्री कार्की

 

दमक/
नेकपा एमाले बुधबारबाट विधिवत रुपमा विभाजन भयो । एमालेबाट चोइटिएर गएको मावध नेपाल पक्षका माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि प्रदेश १ मा सरकार परिवर्तनको चर्चा चलेको छ । खासगरि एमालेका ५६ सांसद मध्ये ११ जनामात्रैले पनि साथ छोडेर नयाँदलमा जानेवित्तीकै प्रदेश सरकारले आफ्नो बहुमत गुमाउँछ र अर्को सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न पर्छ ।

चर्चामा आएअनुसार ५६ जना मध्ये १५ जना माधव नेपाल पक्ष पार्टिमा लागेको भन्ने छ । तर यसको कुनै आधीकारिक भने हुन सकेको छैन । यदि १५ जना सांसद मध्ये कम्तिमा पनि ४ जनालाई बर्तमान सरकारले मुल पार्टिमा नै राख्न सकेन सरकार ढल्ने निश्चित छ । उसो हो भने प्रदेश १ सरकारले यसका लागि केके गरिरहेको छ ? आफ्नो सत्ता जोगाउँन ? प्रदेश १ सरकारका प्रवक्ता , आन्तरिक मामिल तथा कानुन मन्त्री हिकमत कुमार कार्कीसँग भूमिराज पराजुलीले केहि सवाल जवाफ गर्नु भएको छ ।

पार्टि विभाजनको असर प्रदेश १ मा पनि मज्जैले परेको जस्तो देखिन्छ । तपाईको नजरमा कस्तो छ ?

खासमा एउटा पार्टिबाट बनेको सरकार त्यहि पार्टि विभाजन हुँदा त्यसको असर नपर्ने भन्ने कुरा त हुन्न । तर अहिले हामीले हाम्रो पार्टिमा रहेका कमरेडहरुसँग बाक्लो छलफल गरिरहेका छौ । मुल पार्टिमै बसेर सबैले आ- आफ्ना् जिम्मेवारी अनुसार काम गरौ भनेर लविङ गरिरहेका छौ । केन्द्रमा पनि जेष्ठ २ को निर्याय कार्यान्वायन गर्ने सहममित भइसकेको छ । यसको प्रभाव प्रदेशमा पनि पर्छनै । सबै कमरेडहरुले आफ्नो आफ्नो पहिलाको जिम्मेवारीमा बसेर काम गर्न पाउनु हुने छ । हामी यहि कुरा बुझाउन र मुल पार्टिमै बसाई राख्न निरन्तर छलफल गरिरहका छौ ।

आखिर जेष्ठ २ मा फर्कनुनै र छ । किन अन्तिम समयमा मात्रै आएर यस्तो निर्याय गर्न पुगियो ?

राजनितीमा कहिले कस्तो परिस्थिती आउँछ । कहिले कस्तो । त्यो कहिलैपनि पूर्वानुमान गर्न नसकिने रहेछ । त्यसैले विचमा विभिन्न उतार चढाव भए । अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट पनि केहि कमजोरी भए होलान । माधव कमरेडबाट पनि पक्कै केहि गल्ती भएका छन् । विषेश गरि २ जना विचको मनमुटावका कारणले गर्दा पार्टिले विभाजनको क्षती बिहोर्नु पर्यो । तर पनि मुल पार्टि र एमालेबाट कोहि पनि बिचलीत बन्नु हुदैन भन्ने हाम्रो मान्यता हो । पार्टिभित्र नेताहरुबिचमा विवाद हुन सक्छ । समस्या सिर्जना हुन सक्छन् । कुरा नमिल्न सक्छ । तर ती सबै कुराहरुको हल छलफल र बहस नै हो । हामीले जहाँ समस्या देखियो , त्यहि बसेर समाधान पनि खोज्ने हो । त्यसैले अहिले माधव कमरेड सहितका केहि कमरेडहरु छलफलबाट समाधान निकाल्न पटि लाग्नु भएन । आफु अध्यक्ष हुने मात्रै सपना देखेर नयाँ पार्टि खोल्न तिर लाग्नु भयो । तर केहि कमरेडहरुले मुल पार्टिमै बसेर आफ्ना असन्तुष्टिहरु राख्नु भयो । ती असन्तुष्टिहरु संवादबाट टिङ्गीए पनि । हो यहि संवाद हामी प्रदेश १ मा पनि गरिरहेका छौ । कमरेडहरुलाई पार्टि फूटले होईन जुटले मजदुब बनिन्छ भनेर समझाउने काम भइरहेको छ । आशा छ कमरेडहरुले फूट भन्दा जुट नै राम्रो हो भन्ने बुझ्नु हुने छ ।

प्रदेश १ बाट १५ जना प्रदेशसभा सदस्यहरु मावधपक्षमा गाएको भन्ने छ । यसले तपाईहरको सरकारलाई अल्पमतमा पार्यो नी ।

त्यो गलत हो । अहिले सम्म २/४ कमरेडहरु बाहेक अन्य कोहि पनि अर्को पक्षमा गाएको भन्ने जानकारी छैन । २/४ कमरेड जानु स्वभाभिक नै पनि हो । जसले पहिलैदेखि माधव कमरेडको अन्धभक्त भएर काम गर्नु भएको छ । उहाँहरु जानुहुन्छ । तर पार्टिको सिर उच्च राख्ने, सरकारको नेतृत्व गर्दा विकास मात्रै आफ्नो पहिलो लक्ष देख्ने नेतृत्वको पहिचान जसले गर्न सक्छ बास्तवमा ती माननीयज्यू जानुहुन्न । यो हाम्रो विस्वास हो । बरु यसमा हामी अहिले पनि यदि उहाँहलाई सरकारमा आउन मन छ भने हामी मार्ग प्रशस्त गर्न पनि तयार छौ । तर सरकार अर्को पार्टिको नेतृत्वमा जान दिदैनौ । यसले एक प्रकारको अस्थितरताको विकास गर्छ । नागरिकमा थप वितृष्णा पैदा गर्छ ।

उसो भए मुख्यमन्त्री सहित अन्य मन्त्रालय छोड्न तयार हुनुहुन्छ त ?

मन्त्री र मुख्यमन्त्रीकै लागि उहाँहरु अर्को पार्टिमा जानुहुन्छ भने हामी त्यो रोक्न भएपनि मुख्यमन्त्री र अन्य मन्त्रालय छोड्न तयार हुनु पर्छ । एमालेका ५६ जनानै मानियन्यूहरु एक ठाउँमा बसौ । त्यहिबाट संसदिय दलको नेता चयन गरौ । मुख्यमन्त्री उहाँलाई नै बनाउ । अहिलेका मुख्यमन्त्री शेरधन राईज्यू जत्तीकै शालीन र क्षमतावान अन्य कोहि हुनुभएको दावि गरेर संसदिय दलको बैठकमा प्रसताव आओस । त्यसमा छलफल गरौ । निष्कर्ष निकालौ । नेतृत्व गर्ने पात्र जो भएपनि पार्टि एउटै हुनुपर्छ । एमालेले नै प्रदेश सरकार सञ्चालन गर्नु पर्छ । यहि पार्टिमा आम नागरिकले विस्वास गरेका छन् । प्रदेश सरकारको अनुभूति दिलाउने प्रयास चलिरहेको छ। यसलाई थप प्रभावकारी बनाएर काम गरौ । अहिले भइरहेका मन्त्रालय पनि हामी बाँडफाड गरेर चलाउन सक्छौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा