अव खोप नै जाती

दमकमा २६ हजार बढिले लगाए खोप, दोस्रो डोजको पर्खाइमा कती ?

 

दमक/
कोरोनाबाट बच्ने अवको सबैभन्दा अन्तिम विकल्प भनेकै खोप हो । सरकारले आफ्नो पहलबाट खोप ल्याउने काम गरिनै रहेको छ । चाहे ती खोप अनुदानका हुन वा खरिद गरिएकानै । तर खोप आउने र लगाउने काम पनि निरन्तर चलिरहेको छ ।

दमकमा पनि चरणबद्ध रुपमा कोरोना विरुद्धका खोपहरु लगाइए । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार ३ प्रकारका खोपहरु ५ चरणसम्म लगाइयो । २०७७ माघ देखी लगाउन सुरु गरिएको खोप अहिले पनि रनरन्तर जारी छ । अहिले बैदेशिक रोजगारमा जाने यूवाहरुलाई भिषा देखाएका आधारमा खोप लगाइरहिको छ ।

दमकमा सबैभन्दा पहिला भारतबाट आएको खोप कोभि सिल्ड लगाइयो । अघिल्लो वर्षको माग र फागुन महिनामा गरि पहिलो चरणमा १ हजार ३ सय ७७ जनालाई खोप लगाइयो । यो चरणमा जेष्ठ नागरिक, स्वास्थ्यकर्मी, सुचिकार तथा अन्य अग्रपंक्तिमा खटिएर काम गर्नेहरुलाई लगाइयो । यो पहिलो डोज थियो । २ डोज लगाउनु पर्ने यो खोप फेरि आयो । चैत्र महिनामा । अघिल्लो पटक लगाएकाहरुलाई दोस्रो डोज लगाउनु साथै जेष्ठ नागरिक, अग्रपक्तिमा खटिएर काम गर्ने कर्मचारी , जनप्रतिनिधी , पत्रकार लगायतहरुलाई प्राथमिकतामा राखेर खोप लगाइयो । त्यसबेला कुल ५ हजार ४ सय ८३ जनाले खोप लगाएका थिए ।

त्यसपछि गत जेष्ठ महिनामा चिनबाट आएको भेरो सेल खोप लगाइयो । यसपटक पनि सरकारले नै तोकको उमेर समुह र छुटेका स्वास्थ्यकर्मीहरुलाई लगाइयो । यो खोप पनि दुई डोज जै हान्नु पर्ने थियो । सोहि अनुसार पहिलो डोजका लागि आएको १ हजार ४ सय ८५ जनाले खोप लगाए ।

यसको दोस्रो डोज गत असारमा आयो र सोहि संख्याले खोप लगाए । यससँगै आएको अन्य ६ हजार ४ सय डोज खोप फेरि प्राथमिकतामा सुचिकृत भएकाहरुले लगाए । जुन खोप पनि चिनकै भेरोसेल थियो । यसको दोस्रो डोज आइपुगेको छैन ।

यसपछि एक डोज मात्रै लगाए पुग्ने जोन सोन एण्ड जोनसोन खोप पनि दमकमा आयो । यो खोप चाहि दमकमा भुटानी शरणार्थी पनि रहेकाले शरणार्थी र स्थानीय नागरिकका लागि भनेर तोकेर नै आयो ।

नगरपालिकाका अनुसार ८ हजार ९ सय ९९ बेलडाँगी शिविरका शरणार्थीका लागि आएको थियो भने २ हजार ६ सय ३४ डोज खोप स्थानीयका लागि आएको थियो । यो सहित कोरोना विरुद्धको २६ हजार ३ सय ७८ डोज खोप दमकका नागरिकले लगाइसकेका छन् । यसमध्ये कोभि सिल्ड र भेरो सेल लगाउने २ हजार ८ सय ६२ जनाले दुवै डोज लगाएका छन् ।

अब ५ हजार ४ सय ८३ जना पहिलो डोज मात्रै लगाएकाहरुले दोस्रो डोज लगाउन पाएका छैनन् । भने ६ हजार ४ सय भेरो सेल लगाएकाहरु दोस्रो डोजको खोप पर्खेर बसेका छन् । साथै दमक नगरपालिकाले भेरोसेल खोपको पहिलो डोज मात्रै लगाएकाहरुका लागि दोस्रो डोजको खोप तालिका पनि सञ्चालन गर्ने जनाएको छ ।

स्वास्श्य शाखाका अनुसार भदौ ११ गते अर्थात आगामाी शुक्रबारबाट नगरका विभिन्न वडाका खोप केन्द्रहरुबाट खोप लगाइदै छ । १० वटै वडाका १० वटा खोप केन्द्रमा भदौ १३ गते सम्म गरि ५५ वर्ष उमेर माथीका नागरिक तथा अन्तिम पटक भेरोसेल लगाएका ६ हजार ४ सय जनालाई दोस्रो मात्राको खोप लगाउने तालिका सार्वजनिक गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।