व्यापारीको पीडा

कोभिड प्रभावित व्यापारीको पीडा : ‘लक डाउन खुल्ने वित्तीकै ताकेदाकालागि फोन नगर ’

 

दमक/
अहिले बजार केहि मात्रा खुल्ला छ । तर अझैपनि सबै पूणर्रुपमा खुलिसकेको छैन ।विगत ढेढ वर्षदेखी ब्यापारी कहिले बन्द गर्ने त कहिले खोल्ने गर्दै आएका छन् । खुल्ला नै भएपनि बजारमा चहलपहल कमै मात्रामा छ ।जसले गर्दा सामान्य अवस्थाको जस्तो ब्यापार हुन सकेको छैन । यहि बेलामा कैयन ब्यापरीहरुले ब्यापार छोड्नु पर्यो । आफ्नो मुल लगानीनै गुमेपछि ती ब्यापारीले ब्यापार नै बन्द गरेर पलायन हुनु पर्यो । यस्तो अवस्थामा बैक तथा वित्तिय सस्थाहरुको भने वार्षिक रुपमा हुने मुनामाफामा कुनै कमि आएन ।

यीनै ब्यापारीहरुबाट कोरोना कालमा पनि ब्याज असुलेर र विभिन्न बाहना बनाउँदै आश्वाषन दिदै बैकहरुले ब्यापारी तथा कारोबारीबाट रकम असुलेको गुनासो ब्यापारीको छ । दमकका व्यवसायी दिपु चापागाईले यस्तो परिस्थितीमा बैक तथा वित्तिय सस्थाहरुले ब्यापारीहरुलाई कुनै सहुलियत दिने प्याकेजका कार्यक्रम ल्याउन नसकेको बताउनु भयो । कसरी हुन्छ आफ्नो ब्याज र किस्ता मात्रै उठाउने धेयमा बैकहरु लागेको उहाँको गुनासो छ ।

कम्तिमा महिनौ पछि खुलेका सटरभित्रका जालो समेत फ्याक्न नपाउँदै वित्तिय सस्थाहरुको ताकेदाको टेलिफोन आउँछ । यस्तो अवस्थामा त्यस प्रकारको टेलिफोनले ती व्यापारीको मनसपलटमा कस्तो असर पर्ला ? त्यो बैक तथा वित्तिय सस्थाले बुझ्न नसको भन्दै उहाँले आक्रोस व्यक्त गर्नुभयो ।

यसमा दमकमा रहेका करिव २ सय ब्यापारीहरुले वित्तिय सस्थाहरुले कोरोना कालसम्मको ब्याजमा केहि छुट वा मिनाहा गर्नु पर्ने, हर्जना लगाउन नपाउने, ब्यापार फेर्छु वा त्यहि ब्यापरमा थप लगानी बढाउँछु भन्दा त्यहि धितोमा पूःनकर्जा दिन पर्ने, लक डाउन खुलेको कम्तिमा पनि ६ महिना सम्म किस्ताकालागि ताकेदा नगर्ने जस्ता काममा सहजकिरण नगर्ने हो भने ब्यावारीहरुले तालाचावी बुझाउनुको विकल्प नभएको बताउनु भयो ।

दमक उद्योग वाणिज्य सघंका बिरष्ठ उपाध्यक्ष गोपाल गुरागाईले ब्यापारीको यी समस्या सझा रहेकोले सघंको ऐकवद्धता रहेको बताउनु भयो । कुनै एक ब्यापारीको मात्रै यो पीडा नभएर सबै ब्यापारीको साझा समस्या भएकोले यसको समाधानकालागि सघंले सबै क्षेत्रमा पहल गर्ने गुरागाईले बताउनु भयो ।

यो समस्या सुल्झाउन दमकका रहेका बैकहरुले राहतका प्याकेज ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । यदि शाखा कार्यालयले त्यो काम यहिबाट गर्न सक्दैन भने आफ्ना ग्राहकको यस्तो समस्या छ भनेर सबै बैकहरुले साझा धारणा बनाएर आ-आफ्नो केन्द्रिय कार्यालयमा पत्रचार गर्न उहाको सुभाव छ । बरु त्यसका लागि सहजिकरण गर्न वाणिज्य सघंपनि तयार रहेको उहाँले बताउनु भयो ।

दमकमा २० भन्दा बढि बैकहरु छन् । १५० भन्दा बढि सहकारीहरु छन् । दमकमा रहेका बैकहरुले आफ्नो एसोसियन पनि बनाएका छन् । बैकर एसोसियएन दमक यहाँ गठन पनि भएको छ । यसको अध्यक्ष नबिल बैक दमक शाखाका प्रबन्धक राजन बस्नेत हुनुहुन्छ । उहाँले सबै बैकहरुको तर्फबाट दमकका व्यवसायीहरुको माग जाहेज रहेको बताउनु भयो । यी मागहरुलाई केन्द्रिय कार्यालय सम्म पुर्याएर छलफल गरि केहि न केहि निक्र्यौल निकाल्न आफुले सक्दो प्रयास र पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु