२०७५ जेठ ३ गते तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका बीच पार्टी एकताको मार्ग खुलेपछि नेपालको कम्युनिस्टमा एककिसिमको हलचल नै मच्चियो। दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुमा कति खुसी बने भने कति असन्तुष्ट बने । केन्द्रदेखि स्थानीय तथा धेरै जनवर्गीय सङ्गठनहरुको एकता हुननसक्दा अन्ततः पार्टी अलमलमा नै रहिरकेका बेला प्रस्तावित नेकपाका नेता त्रय केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालका बिचमा तित्तता सुरु हुनथाल्यो । हुँदाहुँदा पार्टीगत प्रेमकै घोषणा गरेका केप ीओली र प्रचण्डका बिचमा सकेत तित्तता सुरु भयो र अन्ततः माधव नेपालसँग प्रचण्डको लाइन मिल्यो र उनीहरुको गुटले केप ीओलीको तिव्र आलोचना गर्न थाले । आलोचना मात्रै गरेनन् देशभर समानान्तर कमिटि बनाई जनप्रदर्शन गर्न थाले ।
दुवै पक्षको यस किसिमको गतिविधिले देशको कम्युनिस्ट नै सङ्कटमा पर्ने सङकेत देखियो । आरोप प्रत्यारोपका बिच लागिरहेका बेला, एकआपसलाई कारबाही गर्ने प्रकरणका कारण एकआपसमा पानी बाराबारको स्थिति आयो । स्ठेजबाट एकापसले आरोप नै आरोप फलाकेर समय खर्चे । तर अन्ततः २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केप ीओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसल विघटन गरिन् । केप ीओलीको यस पाइलालाई संसदीय कु का रुपमा लिई उही दाने(दाहाल नेपाली) गठबन्धनले देशभर आन्दोलन घोषणा गर्यो , आन्दोलन भयो । सर्वोच्चमा रिट पर्यो । लामो बहस भयो। सरकारी तथा गठबन्धनका तर्फबाट बहस गरियो तथापि सर्वोच्चले संसद व्यँुताइदियो र संविधानको धारा ३ बमोजिम केप ीओली नै प्रधानमन्त्रीका रुपमा नियुक्त पाए । १ महिनामा नै विश्वासको मत लिनुपर्नेमा अवस्था नदेखेपछि दिउँसो पत्रकार सम्लेन गरी धारा ५ बमोजिम नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने कुरा गरे तापनि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको दाबीसँग केपी ओलीले समेत दाबी प्रस्तुत गरे ।
राष्ट्रपतिले पटकपटक केप ीआृलीलाई साथ दिए पछि पुनः संसद विघटन गरी संसदीय इतिहासमा अर्को रेकर्ड कायम भयो । यसविरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गदर््े संसद विघटनका विरुद्धमा फेरि सर्र्वोच्चमा रिट पर्यो र संसद पुनस्र्थापित पनि भयो । त्यस घटनापछि र निर्वाचन आयोगले माओवाली र एमाले आआफ्नो बाटो हि.ड्नु भन्ने निणर्य गरेपछि एमालेमा विश्वास र सम्मानको दह्रो पहिरो जान थाल्यो । माधव नेपाल पक्ष र केप ीओली पक्षको दोहोरी नै चल्यो । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन माधन नेपालका पक्षधर केही सांसदहरु मतियारका रुपमा देखिए । पार्टी फुटको दिशातिर जाँन थाल्यो । अन्ततः माधव नेपाल र केप ीओली पक्षधरबाट १० जना नेताको कार्यदल गठन गरियो गुट मिलाउन लागियो । त्यो कार्यदलले धेरै काम गर्यो ।
नेपालमा २०५४ सालमा तत्काली एमाले फुटी माले हुँदा पीडा भोगेका नेताहरु पार्टी फुट्नुहुन्न भन्ने लाइनमा लविङ गर्न थाले । जसमध्ये पार्टी फुट्नुहुन्न भनने लाइनमा वकालत गरेका एक महत्वपूणर् एमाले नेता आज प्रदेश नं १ मा मुख्यमन्त्रीमा नियुक्त भए, उनी हुन एमालेका स्थायी कमिटि सदस्य तथा सचिव भीम आचार्य । माधव नेपाललाई अन्तिम अवस्थासम्म साथ दिएका उनी पक्षधर नेताले छोडी ओलीसँग मिली एमाले एकताको सन्देश दिनेमध्ये एक नेता आज मुख्यमन्त्री बनिसकेका छन् भने भर्खर प्रदेश नं ३ मा अष्टलक्ष्मी शाक्य पनि एमालेका शक्ति सन्तुलनका लागि मुख्यमन्त्रीमा नियुक्त भइन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, जसपा, नवगठित नेकपा समाजवादीको गठबन्धनका कारण एमालेका प्रादेशिक सरकारहरु धमाधम ढलिरहँदा आज प्रदेश नं १ मा अनेकौँ सम्भावना तथा चुनौतीका चाङ बोकेर भीम आचार्यले माधन नेपाल पक्षीय सांसदलाई समेत सन्तुलनमा राखेर मुख्यमन्त्री बन्ने सपना पूरा गरे ।
म्ुाख्यमन्त्री भीम आचार्यका अवसरहरु ः
शेरधन राईसँग जम्मा २ भोटले मुख्यमन्त्रीमा पराजित भएका भीम आचार्य अन्ततः शक्ति सन्तुलनका लागि मुख्यमन्त्री बन्न सफल बने । लामो समयसम्म पार्टीमा यता न उता भएका नेता तथा कार्यकर्तालाई सङगठित गर्ने मुख्य अवसर नेता आचार्यलाई छ । आफ्नै नेतृत्वमा सरकार तथा पार्टी सन्चालन हुने भएकाले भीम आचार्यका लागि यो मोड स्वणर् मौकाका रुपमा हुनसक्छ ।
शेरधन राईले प्रदेशको नामकरण गर्न नसकी विवादित बनेका बेला प्रदेशको नामकरण गरी प्रदेशवासीको मन जित्ने ठुलो अवसर बनेको छ साथमा माधव नेपालले पार्टी फुटाएर गएपछि बनेको पार्टीको गुटफुटको संस्कारलाई नियन्त्रण गरी साँच्चिकै एकीकृत पार्टीको निर्माण गर्न अवसर देखिएको छ । एमालेमा देखिएको फुटको पहिरोबाट बचाई नयाँ उचाइमा प्रदेश १ मा एमाले स्थापित गराउने तथा समृद्ध प्रदेश बनाउने मुख्य अवसर देखिनछ ।
केपी ओलीको छुचो तथा बेतुकको भाषणका कारण भड्किएको जनमानसलाई सम्हाल्ने तथा एमालेको पक्षमा जनलहर बचाउने चाहिँ एकदमै ठुलो अवसरका रुपमा देखिन्छ । काम गर्ने र आफ्ना तथा प्रदेशको नाम राख्ने मन्त्री आचार्यका लागि ठुलो अवसर देखिन्छ ।
मुख्यमन्त्री भीम आचार्यका मुख्य चुनौतीहरु ः
विशुद्ध एमालेका प्रदेश सांसदको सङख्या अल्पपतमा परे तापनि सान्त्वनास्वरुप समर्थन पाई शेरधनको राजिनामा पछि मुख्यमन्त्री बन्नु नाटकीय प्रवेशजस्तो त देखिन्छ नै तथापि अहिलेको ५ दलीय गठबन्धन नै उनलाई अविश्वासको मतको कारण बन्नेछ । गठबन्धनको योजना र सहमतिअनुसार प्रदेश नं १ माधव नेपालको नेकपा समाजवादीलाई भाग परेको माधव नेपालको पार्टीमा प्रस्टतः खुलेर लागेको भोजपुरका नेता राजेन्द्र राईलाई अघि सारिएकाले भीम आचार्यका लागि यो कार्यकाल फलामको चिउरा चपाउनुभन्दा सजिलो भन्े हुने छैन ।
केपी ओलीको समर्थनका मन्त्री बनेका कारण केपीओली पक्षधरलाई मिलाएर लैजान तथा केन्द्रीय मूल पार्टीलाई असली तरिकाले सम्हाल्दै अघि बढ्ने माहोल बनाउने पनि चुनौती देखिन्छ । माधव नेपालले बनाएको नयाँ पार्टीका् प्रभावका कारण उनको राजनैतिक भविष्य नै चुनौत्ीीपूणर् बनेका बेला आफ्नो प्रदेश पार्टी फुटबाट बढी मात्रामा जोगाउनु पनि मन्त्री आचार्यका चुनौती देखिन्छन् ।
सबै प्रदेशका पार्टी तथा जनताको मन जित्ने गरी प्रदेशको नामकरण गर्ने चुनौतीदेखि विकास, समृद्ध प्रदेश तथा कोभिड नियन्त्रण नै भीम आचार्यका लागि मुख्य चुनौतीहरु द्येखिएका छन् । स्थानीय निकायको निर्वाचनमा विवादमा मुछिएका नेता आचार्यलाई सुनसरी १ को प्रदेश ख मात्रै हैन आफ्नै जिल्लामा आफ्नो पार्टीैको सुरक्षित अवतरण मुख्य चुनौतीका रुपमा देखिन्छ । अब मन्त्री बन्न आकांक्षीहरुको सूचीअनुसार व्यवस्थापन गर्ने कुरादेखि लिएर कोभिडका कारण धरापमा परेका प्रदेशमा पर्यटन, शिक्षा, होटेल व्यवसाय आदिकोृ न्यायोचित सम्बोधन कम सजिलो हुने छैन ।
पहाडी क्षेत्रमा पहुँचमा नपुगेको खोप तथा राहत कार्यक्रम पनि उत्तिकै अप्ठ्यारो देखिन्छ । १ महिनाभित्र विश्वासको मत लिने क्रममा आफ्नै पार्टिका नेताले विश्वासको मत नदिई अल्पमतमा पर्ने सम्धावना अधिक देख्दादेख्दा इतिहासमात्रै राख्नका लागि मुख्यमन्त्रीको कुर्सीमा बस्न पुग्नु आरोपको चाङ बोक्न तयार भएका देखिन्छन् । हरेक जाति, धर्म, सम्प्रदाय तथा संस्कृतिको चाहना तथा अपेक्षा धेरै छन्। पहिले पर्यटन मन्त्री बनिसकेका आचार्यलाई संस्कृति तथा पर्यटनलाई नै व्यवस्थापन, संरक्षण, सम्वद्र्धन गर्न पनि चुनौतीका रुपमा देखिएको छ ।
अवसर जति छ त्यति नै चुनौती देखिएका मन्त्री आचार्यका लागि यो नाटकीय मोडले बनाएको माहोलले पक्कै साथ दिनेछ । तथापि जति काम गर्न पाउँछन् त्यति दिनहरु सुनौला बनुन् प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई हार्दिक बधाई ।