जुम्लेली स्वादिलो स्याउ

जुम्लाको स्याउ झापाको बजारमा

 

दमक/
जुम्लाको अर्गानिक स्याउ । प्रतिकेजी १ सय ५० रुपैँया मात्र । सेतो कपडामा हातैले लेखेको यो साईन बोर्ड झुण्ड्याएर जुम्लाबाट एउटा ट्रक झापा आएको छ । जुम्लाका बारीमा फलेको अर्गानिक स्वाउ झापाबासीलाई चाखाउने उद्धेस्यले जुम्लाका २ जना व्यापारी झापा आएका छन् ।
तर भारत र चिनको स्याउ बेच्न पल्केका यहाँका ब्यापारीले भने जुम्लाको स्याउको महत्व नबुझेका कारण जुम्लाबाट आएका स्याउ ब्यापारी निरास बनेका छन् । विभिन्न बजारमा डुलाउँदा पनि के गर्ने भन्ने चिन्तामा ती ब्यापारी परेका छन् ।

पसलमा मिलाएर राखीएकाी स्याउ हेर्दा चिल्ला र राम्रा स्याउ उपभोक्ताको रोजाईमा पर्छन ।यस्ता स्याउ छिट्ै बिक्ने झापाका ब्यापारी बताउँछन् । तर यी स्याउ अर्गानिक होइनन् । स्याउबाट पाइने जुन पौष्टिक तत्व हो त्यो तत्व यी स्याउबाट निकै कम पाइन्छ ।
तर हेर्दा कुनै खोडे, आकार पनि सानो ठुलो । कुनै हेर्दा फुर्सा देखिने राता स्याउ भने ग्राहकले उती मन नपराउने भएका कारण झापाका ब्यापारीले जुम्लाबाट आएको स्याउ खरिद गरेर बेच्न नरुचाएका हुन ।


तर जुम्लाबाट आएको स्याउमा कुनै बिषादी नमिसाएको जुम्लेली ब्यापारीको दासव छ । जुम्लाका २ जना ब्यापारीहरुले ५ दिन लगाएर जुम्लाबाट झापा त स्याउ लिएर आए तर त्यसले भनेजती मुल्य नपाउँदा भने उनीहरु चिन्तती छन् । स्याउको मुल्य नपाएको मात्रै चिन्ता होईन ब्यापारीहरुले सस्तो मुल्यमा पनि नकिनिदिदा आफुहरुसँग खाना खाने पैसा समेत नभएर जुम्लेली स्याउ ब्यापारी टोप बहादुर शाहीले बताउनु भयो । सबै परिक्षण गराउन पनि आफुहरु तयार भएको भएपनि ब्यापारीले स्याउ हेर्दामा राम्रो नभएका कारण खरिद गर्न अस्विकार गरेको उहाँले सुनाउनु भयो ।

झापाको विर्तामोड, सुरुङ्गा र दमकका विभिन्न बजारका होलसेल फलफूल व्यवसायीलाई जुम्लाको स्याउ हो भनेर बेच्न खोज्दा कसैले पनि नपत्याएका कारण खरिद नै नभएको उहाँले दुखेसो गर्नु भयो । जुम्लाका बारीबाटै टिपेर सोझै कार्टनमा भरेर यहाँ ल्याएको उनीहरुको भनाई छ । यो स्याउमा कुनै पनि विषाली वा कुनै पनि केमिकल नमिसाएको दावि गर्दै शाहि भन्नु हुन्छ ‘यो स्याउ कार्टनमा प्याक गरेकै ५ दिन बढि भइसक्यो तर पनि केहि भएको छैन । अझै यो स्याउ यत्तीकै राख्ने हो भने पनि हप्ता दिन बढि कुहिदैन । ’ शाहिले बजारमा रहेका चिनिया र भारतीय स्याउ भन्दा निकै गुणस्तरिय र अर्गानिक स्याउ ल्याए पनि हेर्दामा राम्रो नभएकै कारण आफ्नो स्याउ ब्यापारीले नकिनेको बताउनु भयो ।

जुम्लाको स्याउको मुख्य बजार नेपालगञ्ज, धनगढी, सुर्खेत, पोखरा र काठमाडौ हुन । त्यहाँको स्याउ पूर्वका शहरहरुमा बिरालै मात्रै आइपुग्छ । तर निकै चुनौती मोलेर हुम्लाको स्याउ झापाबासीलाई स्वाद चखाउन ल्याइएपनि ब्यापारीले सोचजती ब्यापार गर्नै सकेनन ।
उनीहरुको बुझाई छ झापाका ब्यापारीले जुम्लाको स्याउको महत्व नै बुझेनन् । भारत चिनका विषादी मिसिएका चिल्ला स्याउ बेच्ने यहाँका ब्यापारीले आफ्नै देशमा फलेको अर्गानिक स्याउको महत्व नबुझेको जुम्लाबाट झापा आउनु भएका अर्का ब्यापारी चन्द्रनाथ योगीले गुनासो गर्नुभयो ।

जुम्लाको स्याउ झापामा सम्म आइपुग्दा यी व्यापारीको प्रतिकेजी एक सय रुपैँया सम्म लगानीे भयो । बोटैमा उनीहरुले प्रतिकेजी ६० रुपैँयाका दरले खरिद गरेपनि प्यकेजिङ र ढुवानीका कारण आफुहरुको लागत बढेर प्रति केजी एक सय रुपैँया पुगेको योगीले सुनाउनु भयो ।
तर मुस्किलले झापाका केहि ब्यापारीले ९२ रुपैँया प्रतिकेजी खरिद गरिदिए ।
ब्यापार गरेर केहि मुनाफा कमाउँला र फेरि फेरि पनि जुम्लाको स्याउ झापामा ल्याएर चखाउने सपनामा पनि तुसारो लागेको छ । उनीहरु आफ्नो लगानी नै नउठाई फर्किएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु