उद्यममी महिला

दमकका महिला उद्धममा पहिला : तीज कार्यक्रममा महिलाले बनाएका सामाग्रीको प्रदर्शन

 

दमक/
झापा दमक ७ की शान्ती बराइलीले दमक नगरपालिका मार्फत बजारे गहना बनाउने तालिम लिनुभयो । तालिममा उहाँले विभिन्न गहना कसरी बनाउने , त्यसको आकार डीजाईन बनाउन जान्नु भयो । त्यसलाई हेर्दामा सुन जस्तै देखिने रङ्ग रोगन गर्न जान्नु भयो । यी सबै सिप जानेपछि उहाँले आफ्ना साथी सङ्गीनीलाई पनि सुनाउनु भयो । अहिले उहाँले आफ्नै घरमा यस सम्बन्धीका सामाग्री उत्पादन गर्ने कारखाना उहाँले खोल्नु भएको छ । यसबाट उहाँले मनग्गे आम्दानी पनि गर्नु भएको छ । आम्दानी उहँँले मात्र होईन उहाँसग काम गर्ने अन्य महिलाहरुले पनि दैनिक ४ देखी ६ सय रुपैँया सम्मको कमाई गर्नुहुन्छ । घरको काम सकेर आफ्नै गाउँमा बिना लगानी उद्यम बनेका दमकका महिलाहरुको अहिले कमाई गर्ने गतिलो आम्दानी बनेको छ । यो समुहलाई दमक नगरपालिकाले तयारी पारिएका ती गहनाहरुमा रङ्ग लगाउने मेसिन खरिद गरेर दिने योजना बनाइरहेको छ ।


यस्तै दमक ५ की खेम कुमारी ओलीले महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड बनाउनु भएको छ । यस्तै उहाँले पहाडे कागजमा बेरेर धुपीको सुकाएको पात र अन्य सामाग्री राखेर बाटेको धुप बनाउनु भएको छ । यी उत्पादन उहाँले आफै घरमै बसेर बनाउनु भएको हो । दमक नगरपालिकाले एकल महिलाहरुकालागि भनेर दिएको सिपमुलक तालिममा उहाँले यस प्रकारका सामाग्री उत्पादन गर्न जानेको बताउनु भयो । अहिले उहाँले आफ्नो घर खर्च मात्र होईन उहाँका छोराछोरीको पढाई र अन्य सहायक खर्च पनि यहीबाट टार्न सक्नु हुन्छ ।

दमक ३ स्थित भुटानी शरणार्थी महिलाहरुलाई पनि उद्यममा जोडिएको छ । अझ यहँँ रहेका अपाङ्गगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउन अन्य दातृ सस्थाका साथै दमक नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाकै सहयोगमा यहँँका अपाङ्गगता भएका महिलाहरुले गुडीया बनाउन जानेका छन् । गुडीयासँगै उनीहरुले झल्लर, मुढा अनी अन्य विभिन्न कपडाका सामाग्रीहरु पनि तयारी बनाएर बेच्न सक्ने बनाउन थालेका छन् । भुटानी शरणार्थी अपाङ्गगता सघं मार्फत यहाँका महिलाहरुलाई उद्यममा जोडीएको छ ।


दमक नगरपालिकाले यहाँ जनप्रतिनिधी आएपछि ४ सय ५५ जना भन्दा बढि महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दियो । ४ वर्षको अविधिमा विभिन्न सिपमुलक तालीम केन्द्र मार्फत तालिम दिइएको दमक नगरपालिकाको सामाजिक विकास शाखाले जनाएको छ । शाखाका अधिकृत केशव प्रसाईले जानकारी दिनुभयो । यो तालिममा ८० लाख रुपैँया खर्च भएको जनाइएको छ । यी कार्यक्रम वडागत र नगर स्तरिय गरि भएका हुन । यो रकम सिप सिकाउने मात्र होईन सिप सिकाईपछी त्यसैमा उद्यमी बनाउन मद्यत पुगोस भनेर प्रविधि पनि हस्तान्तरण गरिएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई सिप मात्र सिकाएर त्यसै नछोड्ने सिपसँगै आन्तमनिर्भर बन्न सहयोग पुग्ने प्रविधि पनि हस्तान्तरण गर्ने भएकोले खर्चको अंक केहि ठुलो जस्तो देखिएको अधिकृत प्रसाईले स्पष्ट पार्नुभयो ।

महिलाद्धारा उत्पादती सामाग्रीको प्रदर्शन
महिलाहरुले उत्पादन गरेका विभिन्न किसिमका सामाग्रीहरुको प्रदर्शनी सुरु भएको छ । स्थानीय कच्चा पदार्थ, श्रम र सिपको प्रयोग गरि दमकका उद्यमी महिलाहरुले उत्पादन गरेको समाग्रीहरु प्रदर्शनीमा राखिएको हो ।

हरितालिका तिजका अवसरमा झापाको दमक ५ स्थित दिपीनी प्राथमिक विद्यालयको परिसरमा प्रदर्शनी सुरु भएको हो । स्थानीय कच्चा पदार्थ, श्रम र सिपको प्रयोग गरि दमकका उद्यमी महिलाहरुले उत्पादन गरेको समाग्रीहरु प्रदशनीमा राखिएको हो । शुक्रबारदेखि सुरु ५ दिन सम्म चल्ने प्रर्दशनीमा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याड, ग्यारेन्टिका चुरा, तिल्लरी, पोते, जुमर, मुडा लगायतका समाग्रीहरु राखिएको छ । दमकको गोर्खाली उधमी महिला समुह, आत्माज्ञान महिला समुह, निशान सिप महिला समुह, पुर्वाञ्चल बहिरा संघ, भुटानी अपाङ्गता संगठन लगायत १० ओटा समुहले प्रदर्शनीमा सहभागीता जनाएका छन् ।

दमक नगरपालिकाको आर्थिक सहयोगमा सु्रु भएको प्रर्दशनीबाट महिलाहरुले उत्पादन गरेका ति समाग्रीहरुको प्रचार प्रसार हुने र विक्रि वितरणमा टेवा पुग्ने उद्यमी महिलाहरुको भनाई छ ।

दमक ५ दमक नगरपालिकाले सक्षम र आत्मनिर्भर बनाउन महिला, एकल महिला, अपांगता भएका ब्यक्ती लगायतलाई सिपमुलक तालिम दिदै आएको छ । दमकका महिला उद्यममा पहिला, भन्ने नारालाई सार्थक बनाउन दमक नगरपालिका लागि परेको उपप्रमुख गिता अधिकारीले बताउनु भयो ।


झापा तिज विषेश कार्यक्रममा सामान्यतया नाच्ने, गाउने, दर खाने जस्ता क्रियाकलाप गर्ने गरिन्छ । भड्किलो तिजलाई पाखा लगाउदै यस्ता किसिमका सामाग्रीहरुको प्रर्दशर्नीले महिला उद्यमीलाई प्रोत्साहन संगै प्रचार प्रसार र आर्थिक आम्दानी समेत हुने विश्वास लिइएको छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर