उद्यममी महिला

दमकका महिला उद्धममा पहिला : तीज कार्यक्रममा महिलाले बनाएका सामाग्रीको प्रदर्शन

 

दमक/
झापा दमक ७ की शान्ती बराइलीले दमक नगरपालिका मार्फत बजारे गहना बनाउने तालिम लिनुभयो । तालिममा उहाँले विभिन्न गहना कसरी बनाउने , त्यसको आकार डीजाईन बनाउन जान्नु भयो । त्यसलाई हेर्दामा सुन जस्तै देखिने रङ्ग रोगन गर्न जान्नु भयो । यी सबै सिप जानेपछि उहाँले आफ्ना साथी सङ्गीनीलाई पनि सुनाउनु भयो । अहिले उहाँले आफ्नै घरमा यस सम्बन्धीका सामाग्री उत्पादन गर्ने कारखाना उहाँले खोल्नु भएको छ । यसबाट उहाँले मनग्गे आम्दानी पनि गर्नु भएको छ । आम्दानी उहँँले मात्र होईन उहाँसग काम गर्ने अन्य महिलाहरुले पनि दैनिक ४ देखी ६ सय रुपैँया सम्मको कमाई गर्नुहुन्छ । घरको काम सकेर आफ्नै गाउँमा बिना लगानी उद्यम बनेका दमकका महिलाहरुको अहिले कमाई गर्ने गतिलो आम्दानी बनेको छ । यो समुहलाई दमक नगरपालिकाले तयारी पारिएका ती गहनाहरुमा रङ्ग लगाउने मेसिन खरिद गरेर दिने योजना बनाइरहेको छ ।


यस्तै दमक ५ की खेम कुमारी ओलीले महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड बनाउनु भएको छ । यस्तै उहाँले पहाडे कागजमा बेरेर धुपीको सुकाएको पात र अन्य सामाग्री राखेर बाटेको धुप बनाउनु भएको छ । यी उत्पादन उहाँले आफै घरमै बसेर बनाउनु भएको हो । दमक नगरपालिकाले एकल महिलाहरुकालागि भनेर दिएको सिपमुलक तालिममा उहाँले यस प्रकारका सामाग्री उत्पादन गर्न जानेको बताउनु भयो । अहिले उहाँले आफ्नो घर खर्च मात्र होईन उहाँका छोराछोरीको पढाई र अन्य सहायक खर्च पनि यहीबाट टार्न सक्नु हुन्छ ।

दमक ३ स्थित भुटानी शरणार्थी महिलाहरुलाई पनि उद्यममा जोडिएको छ । अझ यहँँ रहेका अपाङ्गगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउन अन्य दातृ सस्थाका साथै दमक नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाकै सहयोगमा यहँँका अपाङ्गगता भएका महिलाहरुले गुडीया बनाउन जानेका छन् । गुडीयासँगै उनीहरुले झल्लर, मुढा अनी अन्य विभिन्न कपडाका सामाग्रीहरु पनि तयारी बनाएर बेच्न सक्ने बनाउन थालेका छन् । भुटानी शरणार्थी अपाङ्गगता सघं मार्फत यहाँका महिलाहरुलाई उद्यममा जोडीएको छ ।


दमक नगरपालिकाले यहाँ जनप्रतिनिधी आएपछि ४ सय ५५ जना भन्दा बढि महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दियो । ४ वर्षको अविधिमा विभिन्न सिपमुलक तालीम केन्द्र मार्फत तालिम दिइएको दमक नगरपालिकाको सामाजिक विकास शाखाले जनाएको छ । शाखाका अधिकृत केशव प्रसाईले जानकारी दिनुभयो । यो तालिममा ८० लाख रुपैँया खर्च भएको जनाइएको छ । यी कार्यक्रम वडागत र नगर स्तरिय गरि भएका हुन । यो रकम सिप सिकाउने मात्र होईन सिप सिकाईपछी त्यसैमा उद्यमी बनाउन मद्यत पुगोस भनेर प्रविधि पनि हस्तान्तरण गरिएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई सिप मात्र सिकाएर त्यसै नछोड्ने सिपसँगै आन्तमनिर्भर बन्न सहयोग पुग्ने प्रविधि पनि हस्तान्तरण गर्ने भएकोले खर्चको अंक केहि ठुलो जस्तो देखिएको अधिकृत प्रसाईले स्पष्ट पार्नुभयो ।

महिलाद्धारा उत्पादती सामाग्रीको प्रदर्शन
महिलाहरुले उत्पादन गरेका विभिन्न किसिमका सामाग्रीहरुको प्रदर्शनी सुरु भएको छ । स्थानीय कच्चा पदार्थ, श्रम र सिपको प्रयोग गरि दमकका उद्यमी महिलाहरुले उत्पादन गरेको समाग्रीहरु प्रदर्शनीमा राखिएको हो ।

हरितालिका तिजका अवसरमा झापाको दमक ५ स्थित दिपीनी प्राथमिक विद्यालयको परिसरमा प्रदर्शनी सुरु भएको हो । स्थानीय कच्चा पदार्थ, श्रम र सिपको प्रयोग गरि दमकका उद्यमी महिलाहरुले उत्पादन गरेको समाग्रीहरु प्रदशनीमा राखिएको हो । शुक्रबारदेखि सुरु ५ दिन सम्म चल्ने प्रर्दशनीमा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याड, ग्यारेन्टिका चुरा, तिल्लरी, पोते, जुमर, मुडा लगायतका समाग्रीहरु राखिएको छ । दमकको गोर्खाली उधमी महिला समुह, आत्माज्ञान महिला समुह, निशान सिप महिला समुह, पुर्वाञ्चल बहिरा संघ, भुटानी अपाङ्गता संगठन लगायत १० ओटा समुहले प्रदर्शनीमा सहभागीता जनाएका छन् ।

दमक नगरपालिकाको आर्थिक सहयोगमा सु्रु भएको प्रर्दशनीबाट महिलाहरुले उत्पादन गरेका ति समाग्रीहरुको प्रचार प्रसार हुने र विक्रि वितरणमा टेवा पुग्ने उद्यमी महिलाहरुको भनाई छ ।

दमक ५ दमक नगरपालिकाले सक्षम र आत्मनिर्भर बनाउन महिला, एकल महिला, अपांगता भएका ब्यक्ती लगायतलाई सिपमुलक तालिम दिदै आएको छ । दमकका महिला उद्यममा पहिला, भन्ने नारालाई सार्थक बनाउन दमक नगरपालिका लागि परेको उपप्रमुख गिता अधिकारीले बताउनु भयो ।


झापा तिज विषेश कार्यक्रममा सामान्यतया नाच्ने, गाउने, दर खाने जस्ता क्रियाकलाप गर्ने गरिन्छ । भड्किलो तिजलाई पाखा लगाउदै यस्ता किसिमका सामाग्रीहरुको प्रर्दशर्नीले महिला उद्यमीलाई प्रोत्साहन संगै प्रचार प्रसार र आर्थिक आम्दानी समेत हुने विश्वास लिइएको छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा