विराटनगर महानगरद्वारा सुनौला हजार दिनका आमाहरूलाई पोषणसम्बन्धी अभिमुखीकरण

 

विराटनगर– विराटनगर महानगरपालिकाले सुनौला हजार दिनका आमालाई फोलिक एसिड पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। 

महानगरले प्रदेश नं सरकार करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत समुदायमा सुनौला हजार दिनका आमालाई फोलिक एसिड पोषणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो।

विराटनगर को खार्जीमा आयोजित समारोहमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गुणस्तरीय नियमित सेवा दिनलाई कर्मचारीलाई निर्देशन दिए।

नागरिक स्वस्थ भएमात्रै समाजको चौतर्फी विकास हुने भन्दै प्रमुख कोइरालाले भने, “महानगरपालिकाले पनि स्वास्थ्य शिक्षालाई उच्च महत्व दिएर काम गरिरहेको , अभिमुखीकरण कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सुनौलो हजार दिनलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताए। महानगरका १९ वटै वडामा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

अभिमुखीकरण कार्यक्रममा पोषणको परिचय महत्व, न्यून मातृशिशु पोषणका असर, पोषणचक्र, पोषणका लागि सुनौला हजार दिनको महत्व, मातृशिशु तथा बाल्याकालीन पोषण सुधारका लागि परिवारको भूमिका, उपयुक्त गर्भाधानको समय तथा गर्भान्तरको महत्व, प्रिकन्सेप्स्सनल फोलिक एसिड पोस्ट फोलिकको महत्वबारेमा जानकारी गराइएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए।

महानगरले १९ वडामा ५७ स्थानमा सुनौलो हजार दिन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु