दमक/
झापाको गौरादह नगरपालिकाको वडा नं ९ को पनि दक्षिण भेग । स्थान हो दहगाउँ । यहाँ अधिकांस सन्थाल र राजवंशीको बस्ति छ । खेती किसानी यहाँका नागरिकको मुख्य पेषा हो ।
गाउँमा अध्ययन गर्नकालागि एउटा आधारभूत विद्यालय छ । त्यो हो बलभद्र आधारभूत विद्यालय । मावि पढ्न बैगुन्धुरा बजार पुग्नु पर्छ । हिडेर जाने हो भने एक घण्टाको बाटो ।
नगरपालिका हिडेरै जान २ घण्टा बढी लाग्छ । बिरामी भएर उपचार गराउन जानु पर्यो भने नजिकैको बजार दमक हो वा त विर्तामोड पुग्नु पर्छ ।
यस्तो गाउँमा सहयोगी मनहरु नेपाल सस्थाले निशुल्क आँखा परिक्षण गर्ने शिविर गर्यो । यो शिविरमा आउनेहरुले आँखा जचाँए । औषधि निशुल्क पाए । चस्मा लागाउनु पर्नेहरुलाई न्यूनतम शुल्क २ सय रुपैँया लिएर चिकित्सकको सुझावका आधारमा चस्मा पनि वितरण गरियो । आँखा पक्षिण गर्न आउँदा कसैको शल्यकृया नै पनि गर्नु पर्ने भयो ।
गाउँमा गएर यसरी शिविर सञ्चालन गर्ने अस्पतालहरुले बिरामी संकलन गर्ने माद्यम बनाउने भन्ने आरोप खेपिरहेका सस्वास्थ्य सस्थाहरुले भने यो पटक फरक प्रस्तुती देखाए । यहाँ आँखा परिक्षण गर्न आउनेहरुको शल्यकृया पनि निशुल्कै गर्ने गरिको प्रवधन्ध मिलाइयो । यसले गर्दा यहाँका सर्वसाधरण पनि दंग देखिएका छन् ।
यही ठाउँका अर्जुन बहादुर खड्का र बान्दु राजबंशीले आँखा परिक्षण गर्दा मोतिया बिन्दु भएको देखियो । उहाँहरुलाई तत्काल उपचार गराउन चिकित्सकले सुझाव दिनु भएको छ । गाउँमै आँखाको शिविर आएर आँखाको अवस्था थाह पाउँन पाउँदा दुबै दंग हुनुहुन्छ । अझ खुसी उहाँहरुको मोतियाबिन्दुको शल्यकृया खर्च पनि आयोजक सस्थालेनै तिरिदिने भएपछि सुविधा भएको प्रतिकृया उहाँहरुको छ ।
शिवरमा मेचि आँखा अस्पताल बिर्तामोडले प्राविधिक सहयोग गरेको थियो । अर्थात यहाँ आँखा रोग विषेशज्ञ , औषधि र चस्मा यहाँबाट उपलब्ध भएको थियो । शिविरमा जेष्ठ नागरिकसँगै बालबालिका तथा वयस्क उमेर समुहरुकाहरुपनि आँखा परिक्षण गराउन आएका थीए । यहाँ आउने अधिकांसमा आँखा चिलाउने, दुख्ने, पाक्ने ,सुन्नीने , मोतियाबिन्दु जस्ता समस्या देखिएको शिविरमा सहभागी आखा रोग विषेशज्ञ डा. पुष्प अधिकारीले बताउनु भयो
गाउँमा नागरिकमा सहज स्वास्थय सुविधा छैन । अझ दहगाउँका नागरिक डाक्टर हेर्नैकालागि पनि बजार आउनु पर्छ । फाट्ट फुट्ट गाउँमै जाने शिविर उनीहरुकालागि बरदान जस्तै हुन्छन् । यहाँ आँखा परिक्षण गर्न आउने सबैलाई औषधि निशुल्क छ ।
कसैको सल्यकृया गराउनु पर्यो भने त्यो बराबरको शुल्क पनि आयोजक सस्था सहयोगी मनहरु नेपालले समन्वय गरेर अस्पताललाई भुक्तानी गरिदने छ । अझ अव त बिरामी कुरावाकालागि पनि केहि सहयोग गर्न सकिन्छ की भनेर सस्थाले योजना बनाइरहेको छ । गाउँका बासिन्दालाई सहज स्वास्थ्य सुविधा दिन गाउँमै स्वास्थ्य शिविर आयोजना गरिएको सस्थाका अध्यक्ष भीम आचार्य बताउनु हुन्छ ।
२०७९ साल माघ २६ गते बिहिबार सम्पन्न भएको आँखा शिविरमा गौरादह नगरपालिका, गौरादह नगरपालिकाको वडा नं ९ को व्यवस्थापन रहेको थियो । मेचि आँखा अस्पताल बिर्तामोडले प्राविधिक सहयोग गरेको थियो भने सहयोगी मनहरु नेपालले आयोजना गरेको थियो ।
शिविरमा २ सय ४६ जनाले आँखा परिक्षण गराएका थीए भने ६ जनालाई शल्यकृयाकालागि अस्पताल बोलाइएको छ । शिविरको गौरादह नगरपाकिलाका प्रमुख छत्रपती सुवेदीले उद्धघाटन गर्नु भएको थियो भने उहाँकै आँखा परिक्षण गराएर शिविर सुरु गरिएको थियो ।
भिडियो रिपोर्ट हेरौ









