प्रर्वधनको खाँचो

१ सय रुपैँयाको लगानीले ४ हजार सम्म आम्दानी दिने यो खेती किन लोप हँदै छ ?

 

दमक/
१ सय रुपैँया लगानी गर्दा ५ हजार रुपैँया भन्दा आम्दानी हुन्छ । एक सिजनमा मात्रै लगाए वर्षभरी पुग्ने कमाइ दिने जुट खेती झापामा भने पछिल्लो समय वर्षेनी घटेको छ । सरकारले यसको प्रर्वधनमा कुनै कार्यक्रम ल्याउन छोडेपछि किसानहरुले पनि व्यवसायीक उत्पादन गर्न छोडेका हुन ।

झापा गौरादहका दिपकलाल राजबंशीले १ पावा पाटाको विउ ल्याएर आफ्नो खेतमा लगाउनु भयो । १ पावा बिउको मुल्य १ सय रुपैँया पर्छ । यसलाई रोपेर उहाँले झण्डै २ मन पाटा उत्पादन गर्नु भयो । उत्पादीत त्यो पाटा घरमै प्रयोगमा पनि आउँछ । पाटासँगै निस्कने सण्ठीले आगो बाल्न काम दिन्छ । बर्खाको बेलामा घरमा खाना पकाउने प्रमुख उर्जाको साधन नै बन्ने गर्छ सण्ठी । त्यो मुठा बनाएर बेचेमा प्रति मुठा २ सय रुपैँया देखी माथी मुठा जती ठुलो बनायो उती पैसा आउँछ । तर राजवंशीले यसको व्यसायीक खेती गर्नु भएको छैन । आफुलाई घरमा चाहिने जती मात्र खेती गर्दै आएको बताउनु भयो ।

यहि ठाउँका नेक्र मक्ताले पनि यहाँ पहिला पहिला २ बिगाह भन्दा धेरै क्षेत्रफलमा जुट खेती गर्नु हुन्थ्यो । तर अहिले उहाँले ४ देखी ५ कट्ठामा मात्रै लगाउनु हुन्छ । यसको बजार मुल्य राम्रो छ भन्ने कुरा उहाँलाई थाह छ । तर यसमा काम गर्ने प्राविधक र नयाँ तरिका बारे जानकारी दिने सरकारी सयन्त्रले साथ दिदैन । उत्पादन कसरी बढाउने , पहिलाको तुलनामा उत्पादन घटेमा के गर्ने भन्ने परामर्ष दिने जानकारहरु पनि छैनन् । त्यसैले सरकारले नै वास्तागर्न छोडेपछि पाटा खेती घटाउँदै लगेको उहाँले प्रष्ट पार्नुभयो ।


झापामा २०५२/५३ सालतीर ११ हजार हेक्टर सम्म जुट खेती हुने गरेको थियो । तर अहिले त्यो घटेर ५ सय ५० हेक्टरमा मात्रै सिमित छ । त्यो पनि व्यवसायीक खेती हुँदैन । घरायसी प्रयोजनका लागि मात्रै खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । प्रति हेक्टर १ मेट्रिक टन उत्पादन हुने यो बालीमा किसानहरुको आकर्षण बढाउन कार्यालयले पनि कुनै कार्यक्रम बनाउन नसकेको कृषि ज्ञान केन्द्रका शालिकराम भट्टराईले जानकारी दिनुभयो । जुट उत्पादन गरेर बेच्ने उद्योग नेपालमा नहुनु र भारतीय ब्यापारीले उत्पादन लागत बराबरको मुल्य किसानलाई दिन नसक्दा किसानले उत्पादन गर्न छोडेको बुझाई छ ज्ञान केन्द्र झापाका प्रमुख निल कुमार सिहंको । अन्य बालीले पनि प्रतिस्थापन गरेका कारण किसानले जुट खेती भन्दा अन्य बाली रोज्ने गरेको सिहंको भनाई छ ।

खासगरी जिल्लाका सिमावर्ती गाउँपालिकाहरु , गौरादह, कचनकवल , बाह्रदशी , झापा र गौरीगञ्ज गाउँपालिकामा जुट खेती गर्ने गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु : प्रधानमन्त्री शाह

काठमाडौं,४ वैशाख । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिनु भएको छ

सञ्चारमन्त्रीद्वारा काभ्रे स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण

काभ्रे,४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्नु भएको छ। सो क्रममा सवारी चालक अनुमति पत्र

आमाको महिमा किन अपरम्पार ?

दमक,४ वैशाख। ‘धर्तीमै छ सबै चीज, खोजे मिल्छ घरिघरि । तर जन्म दिने आमा पाइँदैन कसैगरी ।’ यो कवि केपी भट्टराईले आमाको बारेमा लेखेको एक

संविधान कार्यान्वयनप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको मन्त्री डा.वाग्लेको दाबी

काठमाडौं,३ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्लेले वर्तमान संविधानप्रति सरकार पूर्ण प्रतिबद्धता रहेको बताउनु भएको छ् । आज बसेको अन्तर—सरकारी वित्तीय परिषद् तथा विषयगत समितिको बैठकमा

(रास्वपा)का हरि ढकालद्धारा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ,३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरि ढकालले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको