सडक मानवको उद्धार

जो चार दिन देखी भोक र प्यासमा तड्पीरहेका थिए (भिडियोमा हेरौ)

 

दमक/
झापाको दमक ८ स्थित सरस्वती सामाजिक हरिकीर्तन मण्डली श्री निराकेश्वर शिवपञ्चायन मन्दिरको पेटीमा एक जना अधवैश पुरुष पल्टिरहेका थीए ।

थोत्रा कपडा लगाएको, कपाल मैला भएको । अनुहारमा धुस्र्रै फुस्र्रै भएको । शरिर र त्यहाँ लगाइएका कपडा हेर्दा महिनौ देखि सफा नगरिएका र ननुहाएको जस्तो देखिएको । छेउमा जादा दुङ्ग दुङ्गी गन्हाउने । यस्तै अवस्थामा तीन चार दिन देखी यी पूरुष यहाँ बसि रहनु भएको थियो ।

फागुनको महिना भएकाले दिनमा घाम लागेपनि साँझ, बिहान र राती चिसै हुन्छ । शरिरमा न्यानो कपडा पनि छैन । के खाएर बाँच्नु भएको छ । कस्ले दिएको छ । कहाँबाट कसरी ल्याउनु भएको छ कसैलाई केहि थाह छैन । तर उहाँको कहाली लाग्दो अवस्थाको बारेमा यहाँका स्थानियबासीले राम्रैसँग रमिता चाहि हेरिनै रहे ।

मादक पर्दाथ सेवन गरेर आफ्नो घर जाने बाटो समेत भुलेको होला । आ को ‘जड्या’ होला भन्दै स्थानिय बासीले उहाँलाई छि छि र दुर दुर गर्दै छोडे । तर मादक पदार्थ पिएर मातेकोनै भएपनि एक दिन पो मातीन्छ । वा दुई दिन सम्म मातीएला । जव दिन बित्तै गयो अनी यहाँका बासिन्दाले उहाँप्रति चासो र चिन्ता व्यक्त गर्न थाले ।

यसअघी कसैले तपाई कोहो भनेर पनि नसोधेका स्थानिय बासिन्दाले चार दिन बितेपछि भने उहाँको खोजीनिती गरे । उहाँको व्यक्तिगत विवरण बुझ्न खोज्दा उहाँको आवाज नआउँदो रहेछ । बोल्न नसक्ने अपाङ्गगता अर्थात बहिरो रहनु भएका कारण उहाँको विवरण बुझ्न गाह्रो भयो ।

स्थानियले उहाँको इसारे भाषा बुभेनन् । त्यसपछि उहाँलाई समस्यानै परेको रहेछ भन्ने कुरा महसुस गरेर उद्धारकालागि पहल सुर भयो । स्थानियबासीन्दाले यस्ता मानीसको उद्धार गरेर कहाँ पठाउने र कसरी गर्ने भन्नेबारेमा अनुभव थिएन । त्यसपछि असहाय मानव सेवा समाज यसको सम्पर्कमा आएको स्थानियबासी सरस्वता कार्की बानियाले बताउनु भयो ।

समाजले यस सम्बन्धीको सबै प्रवन्ध मिलाएर तत्कालै त्यहाँबाट उद्धार गर्यो । हेर्दा कुनै रोगले च्यापेको जस्तो समेत देखिएपछि तुरुन्तै एम्बुलेन्स बोलाएर दमक अस्पताल पुर्यायो । त्यहाँ केहि प्राथमिक उपचार गरियो । रोग पत्ता लगाएपछि थप उपचार गराउने बन्दो बस्त मिलाइयो ।

यसरी उद्धार गरेका नागरिकहरुलाई सस्थाले पूणर् व्यवस्थापन गरि परिवारको जिम्मा लगाउने र परिवार नभएकालाई यही राखेर स्वाभलम्बी बनाइ आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । तर यसका लागि अहिले सस्थासँग भवन छैन ।

आफ्नै संरचना नभएपछि असहाय मानव सेवा समाजले दमक नगरपालिकासँगको सहकार्यमा अन्य विभिन्न सस्थाहरुलाई जिम्मा लगाउने मात्रै काम गर्दै आएको समाजकी झापा अध्यक्ष सजु बुढाथोकीले बताउनु भयो ।

यसरी उद्धार गरिएकाहरुलाई पुःर्नस्थापित गराएर परिवारको जिम्मा लगाउने वा आत्मनिर्भर बनाएर काम गराउने समाजले जनाएको छ ।

भिडियो रिपोर्ट यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा