स्वादिलो नेपाली स्वाद

झापाका ब्यापारीले मन नपराएको जुम्लाको स्याउ उपभोक्ताको भने रोजाईमा, अत्याधिक माग बढ्यो , मुनाफा पनि मनग्गे ।-

IMG_20210913_122821

दमक/
गत भदौ ११ गते जुम्लाको स्याउ झापाका फलफूल ब्यापारीले नकिदिएको उजयालो खवरमा प्रकाशन भएको थियो । हेर्दामा राम्रो नदेखिने र उपभोक्ताले नरुचाउने भन्दै झापाका ब्यापारीले थोक मुल्यमा खरिद नगरिदिएको समाचार बजाइको थियो । त्यसबेला निरास बनेर फर्केका जुम्लेली स्याउ ब्यापारी अहिले फेरि एक ट्रक स्याउ लिएर झापा नै आए । प्रकाशीत समाचारबाट उपभोक्ताले अत्याधिक माग गरेपछि जुम्लाको स्याउको स्वाद उपभोक्तालाई चखाउन ती व्यापारीहरु पूःन झापा आए । र त्यसबेला निरास बनेका ती व्यापारी यसपाली भने दंग परेका छन् ।

१५ दिन अघि हुम्लाबाट अर्गानिक स्याउ झापा ल्याउँदा टोप बहादुर शाहिको मुहारमा निरासका धर्साहरु देखिन्थे । त्यसबेला पीडा र के गर्ने होला भन्ने तनावमा देखिएको यो टोलीको मुहारमा अहिले भने खुसी छाएको छ ।
त्यसबेला व्यापारीले उपभोक्ताले मन नपाउने भनेर खरिद नगरिदिएको जुम्लाको स्याउ अहिले उपभोक्ताले नै धमाधम खरिद गरिरहेका छन् । अन्य स्याउ हेर्दामा मात्रै राम्रो तर जुम्लाको स्याउ खाँदामा राम्रो हुने विस्वासका साथ दमकका राजन लुईटेलले स्याउँको स्वाद चाख्दै एक कार्टन स्याउ किनरे लैजानु भयो ।

झापाका फलफूल व्यापारीले खरिद नगरिदिएपछि अहिले जुम्लेली स्याउ ब्यापारी उपभोक्ताको घर आगनमै पुर्याएर आफ्नो उत्पादन बेचीरहेका छन् । ब्यपाराीले मन नपाएको स्याउ उपभोक्ताले भने निकै रुचाएको ब्यापारी टोप बहादुर शाहिको भनाई छ । उहाँले झापाबासीको अत्याधिक माग बढेपछि पूःन झापा आएको प्रतिकृया दिनुभएको छ ।

अहिले यी ब्यापारीहरुले खुर्दामा बेचेर मनग्गे मुनाफा पनि गरिरहेका छन् । बोटबाट टिपन, कार्टुनमा प्याकेजीङ, दुई वटा गाडीमा लोड अनलोड गर्दैै यो स्याउ झापा आइपुग्यो । यहाँ आइपुग्दा अहिले करिव ९८ रुपैँया प्रति केजी लगानी परेको छ । खुर्दा खरिद गर्नेलाई १ सय ५० रुपैँया प्रति केजी र कार्टननै खरिद गर्नेलाई १ सय ३० रुपैँया प्रतिकेजीमा उहाँहरुले धमाधम बिक्रि गरिरहनु भएको छ । पहिलो पटक आउँदा लगानी नै डुबाएर फर्कनु परेको पीडा उहाँहरुले दोस्रो पटकमा आउँदा चाहि केहि मुनाफा पनि लिएर जान सफल भएको अर्का ब्यापारी चन्द्रनाथ योगीको भनाई छ ।

यो टोलीले अव पूःन दशैका बेलामा जुम्लाको स्याउ झापा ल्याउने जनाएको छ । उपभोक्ताले जुम्लाको उत्पादनलाई रुचाएका कारण अर्को पटकबाट त्यहाँ उत्पादन हुने मार्सि धान समेत ल्याउने योजनामा यी ब्यापारी रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन