दमक/
महिनौ सम्म घरमा थुनीएर बसेका सर्वसाधरण अहिले बिस्तारै घर बाहिर निस्कन थालेका छन् । आफ्नै दैनिक सहज बनाउने तरखरमा गरिरहेका छन् । कोरोनाको जोखिम बढेपछि पछिल्लो पटक सरकाले बैशाख १२ गते देखी निशेधाज्ञा जारी गरेको थियो । असारको अन्तिममा केहि खुकुलो बनाइएको निषेधाज्ञा साउनको पहिलो साता नलाग्दै फेरि ढाप ढुप बन्द गरियो ।
कोरोना संक्रमणको ग्राफ उच्च बृद्धि भएपछि सरकारले यसरी चरणवद्ध रुपमा निशेधाज्ञा गरिरह्यो । यसरी निशेधाज्ञा गरिदा सबै क्षेत्र ठप्प भए । तर सबै भन्दा ठुलो असर पर्यटन क्षेत्रमा परेको यस क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।
कोरोनाले सबैभन्दा असर गरेका धेरै क्षेत्रहरु छन् । तर कुनमा बढि असर पर्यो भन्नेबारेमा बर्गिकरण पनि हुने गरेको छ । मुख्य गरि शिक्षा र पर्यटन क्षेत्र कोरोनाको चपेटामा नराम्ररी च्यापीएको छ ।
खासगरि कोरोनाबाट बच्न सरकारले घर भित्रै बस्नु भन्ने निर्देशन जारी गरेपछि खुम्चिएको पर्यटन क्षेत्र अहिले अवस्था केहि सहज बनिसक्दा पनि उती तंग्रीन सकिरहेको छैन । कोरोनाको कालले अहिले आम नागरिकमा एक प्रकारको आलस्याता बढाएको छ । कहि नजिकै राम्रो ठाउँमा गएर घुम्न जाने मुडमा सर्वसाधरण छन् । तर यसकालागि अझै पनि पर्यटनका सबै क्षेत्र खुल्ला भइसकेका छैनन् ।
नेपाल उद्योग वाणिज्य महासघं पर्यटन समितीका प्रदेश १ संयोजक भवेश श्रेष्ठ जो पर्यटन बोर्डले गठन गरेको आन्तरिक पर्यटन पुःन उत्थान समितीका प्रदेश संयोजक समेत रहनु भएको छ , उहाँका अनुसार शहर बजारका केहि होटलहरु खुलेपनि पहाड र हिमाल क्षेत्रका पर्यटकिय स्थलमा पर्यटकहरु पुग्न सकेका छैनन् ।
बजारसँग जोडिएका ट्राभल एजेन्सिजले पर्व विषेश प्याकेज कार्यक्रम बनाएर प्रवर्धन गरिरहेका छन् । तर बास बस्न जाने गरिका आगन्तुकहरु पाउन नसकिएको उहाँले बताउनु भयो ।
एक दिन घुम्न जाने त्यहि दिन बेलुका फर्कने पर्यटहरु मात्रै बढि भएकाले अहिले निषेधाज्ञा खुकुलो भएपनि पर्यटकीय स्थलमा चहल- पहल कमै रहेको छ । श्रेष्ठका अनुसार यस्तो अवस्थामा पर्यटनको क्षेत्रमा भएको लगानी जोखिम भएको र यसको संरक्षणमा सरकारले ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नु भयो ।
होटल व्यवसायी सघं प्रदेश १ का अध्यक्ष राजन दंगालले कोरोना काल सुरु भएदेखि अहिले सम्म होटल क्षेत्रमा मात्रै २० अर्व भन्दा बढिको क्षती भएको बताउनु भयो । उहाँले होटलहरुमा अहिले कोहि पनि पाहुना आएर बस्न सक्ने अवस्था समेत नरहेको बताउनु भएको छ । होटल भन्ने वित्तिकै को-को काहाँ-कहाँबाट आएर बस्ने हुन सक्छन् सुरक्षीत नहुन सक्छ भन्ने सोचाईका कारण पनि होटलमा बास बस्ने गरिका पर्यटकहरु आउन नसकेको दंगालको भनाई छ । दंगालले यस्तो अवस्थामा आहिले होटल खुलेपनि सञ्चालन हुन नसकेको बताउनु भयो । कर्मचारीलाई तलव दिने र घरभाडा तिर्ने बाहेक केहि पनि उपलब्धी नभएको उहाँले सुनाउनु भयो ।
पर्यटन क्षेत्र चलायमान बनाउन खोपको माग
पर्यटन क्षेत्र सुस्त भएको छ । यसबाट हुने आम्दानी सुन्यमा झरेको छ । यसमा जोडिएका लाखौ मजदुरहरुको चुल्हो निभ्ने अवस्था आइसकेको छ । सरकारले निशेधाज्ञा खुकुलो बनाएर प्रया सबै क्षेत्र खुल्ला गराएपनि घुम्ने ठाउँमा पर्यटकहरु पुग्न सकिरहेका छैनन् । यसको प्रमुख कारण हो कोरोनाकै डर । त्यसैले यो डर हटाउन सरकारले सबै पर्यटन व्यवसायीलाई अनिवार्य कोरोना विरुद्धको खोप लगाइदिन नेपाल उद्योग वाणिज्य महासघं पर्यटन समितीका प्रदेश १ संयोजक भवेश श्रेष्ठले बताउनु भएको छ । उहाँले खोप नै कोरोनाबाट बच्ने सबैभन्दा गतिलो आधार भएकोले खोप लगाइदिए सहजरुपमा पर्यटन व्यवसाय सञ्चालन गर्ने उहाँले बताउनु भयो । होटल व्यवसायी सघंका अध्यक्ष दंगालले हाटल सञ्चालकहरुलाई खोप लगाइदिए हामी होटलमा आउने ग्राहकहरुले देख्ने गरि खोप लगाएको कार्ड देखाएर भएपनि व्यवसाय सञ्चालन गर्ने बताउनु भयो । व्यापारी र सेवाग्राहि दुबैमा त्रास भएका कारण अहिले सहजरुपमा व्यवसाय सञ्चालन गर्न चुनौती देखिएको श्रेष्ठ र दंगालले उज्यालो खवरसँगको कुराकानीमा बताउनु भएको छ । यदि खोप हुने भएपनि निश्चिन्त भएर काम गरिने दुवैजनाले बताउनु भयो ।
खोपमा प्राथमिकतामा राखीने : प्रदेश सरकार
अहिले सरकारले ४५ वर्ष उमेर समुह भन्दा माथीका नागरिकहरुलाई खाप लगाइसकेको छ । अन्य जोखिम र प्राथमिकताका आधारमा पनि विभिन्न क्षेत्रमा आवद्ध रहेकाहरुलाई खोप लगाइसकिएको छ । अझै पनि खोप अभियान निरन्तर चलिरहेको छ । सरकारले आगामी बैशाख महिना सम्ममै १८ वर्ष माथीका सबै नागरिकलाइ खोप लगाइसक्ने सरकारले लक्ष्य लिएको छ । सोहि लक्ष्य पुरा गर्न खोपको व्यवस्थपन गर्न सरकार लागी परिरहेको पटक पटक सरकारका प्रतिनिधीहरुले बताइरहेका छन् । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिवारीले अवको खोप पर्यटन क्षेत्रमा आवद्ध रहेका व्यवसायी र मजदुरहरुलाई प्रदान गर्न आफुहरुले केन्द्र सरकारसँग पहल गर्ने बताउनु भयो । उहाँले खोप लगाएपछि केहि सुरक्षीत भएको महसुस हुने र पर्यटन क्षेत्र चलायमान हुने बताउनु भएको छ । अवको खोप अभियानमानै पर्यटन क्षेत्रलाई समेटन् आफु लागी पर्ने उहाँले बताउनु भयो । सुरक्षीत हुँदै आन्तरिक पयर्उटकीय स्थल घुम्न र रमाउन पनि उहाँले आग्रह गर्नु भएको छ । कोरोनाले थलीएका पर्यटन व्यवसायीलाई प्रदेश सरकारको तर्फबाट दिइने राहत, अनुदान र छुटका बारेमा छलफल भइरहेको र यसले केहि दिनमै निणर्य लिने आश्वान पनि मन्त्री तिवारीले दिनु भयो ।
दिवसको सन्दर्भ
पछिल्ला २ वर्षका स्वास्थ जोखिमपछि यसवर्ष चाँही नेपालले पनि विश्व पर्यटन दिवसलाई भौतिक कार्यक्रमका बिच मनाउने योजना गरेको छ । स्वास्थ मापदण्डको पालना गर्दै सन् २०२१ को विश्व पर्यटन दिवसलाई भौतिक रुपमा मनाइने जनाइएको हो । संस्कृति पर्यटन तथा नागरीक उड्ययन मन्त्रालय र समन्धीत अन्य सरोकारवालाहरुले केहि दिनअघि निकालेको संयूक्त वक्तव्यमा यस कुरा उल्लेख गरिएको छ ।
पर्यटकहरुको सख्या बढोस्, पाहुनाको सत्कार गज्जबले होस् । अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान हुन । नेपाल एउटा पर्यटकीय गन्तब्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सास्कृतीक विविधता लगायत शान्तिप्रय वुद्धभुमीका शालिन हामी नेपालीहरुनै नेपालको गहना हो । हरेक वर्ष नेपालको हिमशयलमा रमाउन, हिमालहरु आरोहण गर्न, पदयात्रागर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखौँ पर्यटकहरु नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक संभावना हुदाहुदै पनि नेपालले पर्यटनवाट उचित लाभ लिन सकेको छैन ।
सबैकालागी पर्यटनः पहुचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन भन्ने नारासहित हरेक वर्ष सेप्टेम्वर २७ का दिन अन्तराष्ट्रिय पर्यटन दिवस मनाइन्छ । पर्यटन वास्तवमा संसारको सबैभन्दा ठूलो उधोग हो, हामी घरमा वसिरहेका छौ या कतै यात्रा गर्दै छौ, हुन सक्छ कुनै अपांगता या चोटपटकका कारणले या साना वच्चाहरुको भएका कारणले कुनै परिवार या धेरै पाका उमेर भएका कारणले वृद्ध वृद्धाहरु कहिकतै घुम्न जान या पर्यटनको लाभउठाउनालागी वञ्चित भइरहेका होलान, तर ढिलो या चाडो पर्यटनको विश्वब्यापी सहज पहुँच र पर्यटनको फाइदा सबैजनाले प्राप्तगर्न पाउनुपर्दछ ।सन् १९८० देखि विश्व पर्यटन दिवस मनाँइदै आएको हो ।