" सम्झनामा झापा विद्रोह"

झापा वर्ग सङ्घर्ष’ ५१ वर्षमा , औपचारिकतामा रुमलिदै नेताहरु

 

दमक/
नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ५१ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई इतिहासकारहरुले कतै ‘झापा विद्रोह’ र कतै ‘झापा वर्ग सङ्घर्ष’को संज्ञा दिएका छन् ।

किसान मुक्तीका लागि थालीएको त्यो संघर्षले अझै पनि पूणर्ता नपाएको किसानका अगुवाहरु बताउछन ।

झापा विद्रोहमा चन्द्रगढी कारागारमा थुनिएका योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र विरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यही दिनको सम्झनामा हरेक वर्ष फागुन २१ गते ‘सुखानी सहिद स्मृति दिवस’ मनाउने गरिन्छ ।

 

हरेक वर्ष फागुन २१ का दिन सुखानीमा सहिदको प्रतिमामा माल्यार्पण गर्दै आएका कम्युनिस्ट नेताहरु सहिदको सपना पूरा गर्ने सङ्कल्पबाट च्युत हुने गरेको आरोप लाग्दै आएको छ । सरकारले सहिदका परिवारलाई परिचयपत्रसमेत नदिएको पीडितले गुनासो गर्दै आएका छन् ।

Share: