प्रयोग विहिन बन्दै झोलुङ्गे पुल

 

धनकुटा / नदि,खोला तर्नका लागि बनाइएका कतिपय झोलुङ्गे पुलहरु पछिल्लो समय प्रयोग विहिन बन्दै आएका छन् । कुनै समय अत्यावश्यकीय भई निर्माण गरिएका झोलुङ्गे पुलहरु पछिल्लो समय प्रयोग विहिन जस्तै बनेका हुन् ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ बाट तेह्रथुम जिल्ला जोड्ने तेलिया खोलाको कंशुवा पुल प्रयोग विहिन जस्तै छ सो पुलमा बार्षिक २ सय जनाले समेत ओहोर दोहोर गर्न मुस्किल रहेको छथरजोपाटी गाउँपालिका वडा न ४ का वडा सचिव शंकर प्रसाद ओझाले जानकारी दिनु भयो ।

बर्षै पहिले बनाइएको झोलुङ्गे पुल रंग रोकन समेत भएको छैन् हेरालु राख्ने भने विषयमा कुरा भए पनि अहिले सम्म त्यो कार्य समेत हुन नसकेको सचिव ओझाको भनाई छ । पछिल्लो समय सडक यातायतको बढ्दो प्रयोग र बसाई सराईका कारण कुनै समय लोकप्रिय बनेका यस्ता पुल प्रयोगमा आउन छोडेको स्थानियहरुको भनाई छ ।

त्यस्तै धनकुटा नगरपालिका बाट छथरजोपाटी गाउँपालिका ३ जोड्ने झोलुङ्गे पुल सम्म पुग्नका लागि समेत कठिनाई हुदाँ प्रयोग हुन छोडेको छ । कतिपय स्थानमा खोलाहरु समेत सुक्दै गएका कारण समेत पुल प्रयोग विहिन बन्दै गएका छन् । प्रयोगमा नआएप्छि लाखौँ खर्च गरी तयार पारिएका यस्ता पुल जिर्ण बन्दै गएका छन् भने अर्को तर्फ भौगोलिक कठिनाइ भएका स्थानहरुमा झोलुङ्गे पुलको माग बढिरहेको छ त्यसैले यसको उचित व्यवस्थापनका लागि संबन्धीत निकायको ध्यान जान जरुरी देखिन्छ ।

 

Share: