दमकमै फनपार्क

दमकमा मलेसियाको केएलसिसि बिर्साउने फन पार्क सञ्चालन हुँदै, दशैँमा उद्धघाटन गरिने

 

दमक/
झापाको दमक चोकबाट बेलगाँडी जाने बाटोमै पर्छ दमक फन पार्क । बेलडाँगी पुग्नु भन्दा ५ सय मिटर दक्षिण बाटैको किनार देखी दक्षीणमा पार्क निर्माण गरिएको छ । पार्कको नाम दमक फन पार्क एण्ड एग्रो टुरिजम प्रालि राखीएको छ ।

यहाँ भित्र पस्नु भन्दा अगाडी मुल गेटमा नै पानीको छहराले स्वागत गरिएको छ । पार्क भित्र प्रवेश गर्न निश्चित शुल्क तिर्नु पर्ने हुन्छ । जसको निर्धारण गरिसकिएको छैन । पार्कमा छिरेपछि विषेश गरि बालबालिकाहरुका लागि धेरै नै आकर्षक खेल तमासा रहने छन् । अन्य उमेर समुहका लागि पनि निकै मनमोहक स्थलहरु तयार पारिएको छ ।


अहिले पार्कभित्र इन्डोर क्यासोल अर्थात बालबालिकाका लागि खेल्ने खेलहरु भएको छुट्टै स्थान छ । यहाँ बालबालिकाहरुले कम्तिमा पनि २ घण्टा सम्म रमाउन सक्ने छन् । त्यसपछि सँगै रहेको मङकी क्लाइमिङपनि बालबालिकाकै लागि बनाइएको छ । यो भन्दा अगाडी बालबालिका तथा टिन एजर उमेर समुहका लागि समेत हुने गरिको कार रेस पनि राखीएको छ । इन्डोर क्यासोलको पश्चिमपट्टि बालबालिकाकै लागि साइकलिङको स्टुचु छ । यहाँ बालबालिकाहरु विभिन्न प्वालमा पसेर रमाउन सक्ने छन् । यस्तै विभिन्न आकार र प्रकारका पिङ अनी चिप्लेटिपनि बालबालिकाकै लागि तयार पारिएको छ ।


यस्तै सबै उमेर समुहको प्रमुख आकर्षकको रुपमा गोल्डेन टापु बनाइएको छ । यो टापुमा पुग्न यहाँ रहेको पोखरीमा ढुङ्गा सयर गरेर पुग्न सकिने । टापुमा विभिन्न देउताका स्टाचुहरु रहेका छन् । यी स्टाचुहरु गोल्डेन कलरको हुने छन् । यहाँ पुगेर आगन्तुकहरुले आफ्ना रोजाइमा जतिबेरनै बसेर पनि तस्बिरहरु खिच्न सक्ने छन् ।


यस्तै विद्यार्थीहरुका लागि स्थलगत अवलोकनका लागि समेत उपयोगी हुने गरि सगरमाथाको स्टाचु पनि बनाइएको छ । सगरमाथाका प्रथम आरोहि तेञ्जिङ नोर्गे सेर्पाको पनि स्टाचु छ । नेपाली झण्डा बोकेका सेर्पालाई सगरमाथाको चुचुरोमा राखीएको छ । यसबाट विद्यार्थीले सगरमाथा कसरी चढिने रहेछ भन्ने कुरा यहाँ पुगेर अवलोकन गरेपछि हेर्न सक्ने छन् ।

यस्तै झाक्रि वाटर फल पनि यहाँको आकर्षक स्थल बन्ने छ । यहाँ हाँसको चुचोबाट निरन्तर पानी झरिरहने छ भने झाक्रिको स्वरुपले नेपालमा झाक्रिको महत्व के रहेछ भन्ने पनि दर्साउने छ ।
साथै यहाँ आकर्षक पार्क , तथा मनमोहक जनावारका स्टाचुहरुले पार्कको गरिमालाई थप उच्च बनाउने छ ।


अर्को महत्वपूणर् कुरा चाहि यहाँ के भने पार्कको नजिकै दिपिनी खोलाको मुहान पर्छ । त्यसको ठिक उत्तर क्षेत्रमा पर्ने पार्कको मध्य भागमा बाहै्र महिना पानी जमिरहन्छ । सो पानीमा डुङ्गा त तैरने नै छ यसका अलवा यो पोखरीमा विभिन्न जातका पाछा पालीने छ । यी माछा पर्यटकलाई हेर्नकालागि मात्र होईन । व्यवसायीक रुपमै पनि माछा पालन गरिने छ । यसले दमकमा आवश्यक पर्ने माछाको मागलाई केहि हद भएपनि पुर्ती गर्ने विस्वास गरिएको छ ।


यतीमात्र होईन । पार्कभित्र विभिन्न जातका फूलबारी सहितको बगैचा त हुने नै छ । त्यससँगै उपभोक्ताले अधिकतम् प्रायोग गर्ने फलफूलको बगैचापनि रहने छ । ती बगैचा हेर्न मात्र हैन । व्यवसायीक रुपमै प्रयोग गरिने छ । यहाँ आपँ, लिचि, केरा तथा अन्य जातका फलफूलरु रोपीने छ । त्यहाँ उत्पादित फलफूललाई स्थानीय बजारमा बिक्रि बितरण गरिने छ । यसले दमकमा बढ्दो फलफूलको मागलाई केहि हद भएपनि पुर्ती गर्ने विस्वास गरिएको छ । त्यसैले पनि यो पार्कको नामको पछाडी एग्रो टुरिजम राखीएको हो । कृषि सम्बन्धीका योजना समेत रहेकोले हुनाले यसबाट पर्यटकहरु भित्राउनु साथै कृषि क्षेत्रमा पनि योगदान गर्न यो पार्क महत्वपूणर् बन्ने छ ।


साथै यो पार्कभित्र रेष्टुरेण्डका साथै ३ सय जना सम्म अट्ने क्षमता भएको सभा हल पनि रहेको छ । यहाँ दैनिक आफ्ना आवश्यकता अनुसरका कार्यक्रमहरु गर्न सकिने छ ।

अरु केके थपीने छन् ?
पार्कमा मौजुदा संरचना बाहेक पनि अन्य संरचना निर्माण गर्ने योजना रहेको छ । केहि समयपछि नै स्विमिङ पुल निर्माण गरिने छ । यसका लागि आवश्यक क्षेत्रफल छुट्याएर काम सुरु गरिएको छ । साथै पार्कको दक्षीण पूर्व पट्टि पार्टि प्यालेस र बाल रेल पनि निर्माण गरिने छ भने आगामी एक वर्ष भित्रमा रोप वे समेत निर्माण गरिने छ ।

कुल ६ बिगाह क्षेत्रफलमा फैलिएको यो पार्कमा सुरुवातमा १३ करोड बढिको लगानी हुने अनुमान गरिएको छ । यसपछि अन्य आवश्यकताका आधारमा अन्य संरचना थपीदै जाँदा लगानी पनि बढ्न सक्ने जनाइएको छ । पार्क निर्माणका लागि योगराज दंगाल, विप्लव दंगाल, पुष्प खनाल, किसोर खनाल , रुद्र भट्टराईलगायतको लगानी गरिरहेको छ ।


दशैमा उद्धघाटन हुने
पार्क निर्माणको काम अहिले धमाधम चलिरहेको छ । पार्कको उद्धघाटन आगामी दशैँको सुरुवात दिन अर्थात घटस्थापनाका दिन गरिने योजना रहेको छ । असोज २१ गते भव्य रुपमा उद्धघाटन गर्ने गरि धमाधम संरचना निर्माणको सम्पन्नताका लागि काम चलिरहेको छ । दँशै देखी छैट सम्म यहाँ रहेको पोखरीमा पानीका फोहोराहरुलाई म्यूजिकको तालमा नचाउने गरिको प्याकेज तयार गरिने छ । यो विषेश गरि साझँको समयमा हुने छ ।

मलेसिया स्थित क्वालालम्पपुरमा रहेको के एल सि सि टावरमा हुने वाटर फलीङकै डिजाईनमा एक महिना सम्मको प्याकेज सञ्चालन हुने संञ्चालहरुले जनाएका छन् । यो एक महिना मात्रै सञ्चालन हुने छ । यसका लागि भारतबाट लाईट सञ्चालनको सबै प्राविधिक टोलीसँग सम्झौता भइसकेको जनाइएको छ ।

सञ्चालक विप्लव दंगाल र रुद्र भट्टराईसँगको कुराकानीका आधारमा तयार पारिएको सामाग्री ।-

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल