जनतासँग जनप्रतिनधी श्रींखला :१

दमकका सुकुम्बासी बस्ति भित्रको वास्तविकता, हेर्दा सामान्य समस्या तर भोग्नेलाई जटिल (दुई भिडियोमा)

 

दमक/
झापाको दमक नगरपालिका वडा नं ५ स्थित नारायण टोल विकास सस्थामा पर्ने सुकुम्बासी बस्ति । यहि बस्तिभित्र लिला बुढाथोकीको घर छ । घरमा पस्दा पनि टाउको ठोकिन्छ की भन्दै निहुरिएर पस्नु पर्छ ।

उहाँको घर पछाडी पट्टी एउटा सानो होली छ । यो होलीमा अहिले हिउँद तथा सुख्खाको बेलामा समेत पानी बगिरहन्छ । अर्थात यो सिमसारबाट उम्रीएको पानी हो । यहाँ निरन्तर पानी बगी रहन्छ ।

यहि खोल्सीको डीलमा घर बनाउनु भएकी बुढोथोकीलाई समस्या छ सुरक्षीत सौचालयको । उहाँलाई शौच गर्न जान अहिले भन्दा पनि बर्खामा झन समस्या पर्छ ।

 

दमक नगरले खुल्ला दिशामुक्त नगर भनेर घोषणा गरेको वर्षौ भयो । तर यो घोषणाले बुढाथोकीलाई छुन सकेको छैन । उहाँको माग छ ‘मलाई एउटा सुरक्षीत शौचालय बनाइदिन पर्यो । ’आर्थीक अभावका कारण उहाँले आफै बनाउन नसकेका कारण सहयोगकालागि अपील गर्नु भएको हो ।

यस्तै सुकुम्बासी बस्तिमा अर्को समस्या छ सुद्ध खाने पानीको । शुद्ध खानेपानीको अभावमा हुने अनेकन प्रकारका रोगका सिकार सुकुम्बासी बस्तिका यी विपन्न नागरिक भइरहेका छन् । आर्सानिक मिसिएको पानी प्रयोग गर्न बाध्य भएका दमकका सुकुम्बासीका बासिन्दाहरुलाई शुद्ध खानेपानीको धारा पुर्यादिन वडा नं नं ५ की रञ्जना खड्काले अनुरोध गर्नु भएको छ ।

साथै यो ठाउँमा बिगत वर्षदेखिनै सडक बनाउन भनेर बजेट पनि छुट्टिएको छ । तर बाटो भने बनेकै छैन । स्थानीय एक व्यक्तिले उच्च अदालत इलाममा मुद्धा हालेका कारण बाटो निर्माणको कामनै रोकिएपिछ अव कसरी बाटो निर्माण गर्ने भन्नेबारेमा अन्यौलता सिर्जना भएको स्थानियबासी ओमा देवि सिवाकोटिले बताउनु भयो ।

सुकुम्बासी बस्ति प्राय गरेर खोला किनारमा बसेका हुन्छन । अत्यन्तै जोखिमयूक्त ठाउँमा बाध्य भएर बसेकाहरुको बस्ति असुरक्षीत छ । खहरे खोलामा आउने भेललेनै घर बगाउने जोखिम यहाँका बासिन्दाले सहनु परेको छ । आउँदो हिउँदमा आफ्नो थाक थलोनै खरखरे खोलाले बगाउँला कि भन्ने चिन्ता दमक ५ प्रगती टोलकी बिमाया दर्जीको छ । घरमा भएका दुधे बालखालाई लिएर शरण खोज्दै हिड्नु पर्ने अवस्थाबाट जोगाइदिन उहाँले अपील गर्नु भएको छ ।

यही ठाउँका भद्रलाल चाम्लीङ राई उमेरले निकै पाको भइसक्नु भयो । बोहानी बुतो गरेर जीविको चलाउँदै आउनु भएका राईलाई अव त्यो काम गर्न पनि ज्यानले साथ छोडी सक्यो । घरमा श्रीमती पनि विभिन्न रोगले च्यापीएर बस्नु भएको छ । श्रमितीलाई नियमित औषधी त परको कुरा छाक टार्नै पनि मुस्किल छ उहाँलाई । त्यसैले उहाँको आश छ कसैले सहयोग गरे बाँच्ने थीए ।

नागरिकका यस्ता प्रश्न लिएर हामी यीनै जनताले चुनावमा भोट दिएर जीताएर सरकारको बागडोर सम्हालीरहेकाहरुलाई भेट्न पुग्यौ ।
दमक नगरपालिका वडा नं ५ स्थित वडा नं ५ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङले सुकुम्बासी बस्ति भित्रको बास्तविकतालाई केहि दिनमै स्थलगत आवलोकन गर्ने र आवश्यकतालाई पुरा गराउने प्रतिवद्धता जनाउनु भएको छ ।

यस सम्बन्धीको पुरा भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा