" विप्पनको बिजोग नहोस"

दमकका २० वर्षे राज कजुर जो ओछ्यानमै थलीएका छन् (भिडियो कथा)

 

दमक/
नाम राज कजुर
उमेर २० वर्ष
बसाई , दमक ९ स्थित उराउ बस्ति ।
आमा बुबाको पेषा , स्थानिय चिया बगानमा मजदुरी ।

यो विवरण भएका व्यक्ति अहिले ओछ्यानमा थलीएर बस्नु भएको छ । रातमा कुनै रोग र बिराम बेगरनै सुत्नु भएका राज बिहान ओछ्यानबाटै उठ्न सक्नु भएन । उठ्न खोज्दा उहाँका खुट्टा भुइँमा टेकिदै टेकिएनन् । एक्कासी के भयो उहाँले कुनै मेसो नै पाउनु भएन । त्यसपछि सर्न खोज्दा कम्मर देखीको तलाको भागनै नचल्ने भयो ।

 

यस्तो अवस्था भएपछि परिवारमा मात्रै होईन गाउँ घरमा नि खैला बैला भयो । तुरुन्तै उपचार गर्न लिएर जानु पर्ने । तर हातमा पैसा थिएन ।

यस्तो भएको खवर स्थानिय वडा कार्यालय सम्म पनि पुग्यो । वडाध्यक्ष कुवेर भट्टराईले घरमै आएर बिरामीको अवस्था बुझ्नु भयो । त्यसपछि तुरुन्तै एम्बुलेन्सको प्रवबनध गराउनु भयो । दमक अस्पतालमा लगेर के के हुन्छ पहिलो चरणको उपचार गराइहाल्न उहाँ लागी पर्नु भयो ।

तर दमक अस्पतलामा राजको उपचार सम्भव भएन । त्यसपछि उहाँलाई धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिस्ठान (घोपा) रेफर गरियो ।

यत्तिञ्जेलमा राजको पछाडीको भागमा घाउँ भइसकेको रहेछ । घोपाका चिकित्सकले पहिला घाउँ निको पार्ने अनी मात्रै खुट्टा नचलेको उपचार गर्ने भनेपछि उहाँ अहिले घाउ निको पार्नकालागि ओछ्यानमा सुतिरहनु भएको छ ।

घरमा भएकी बहिनीले राको हेरचाह गरिरहनु भएको छ । बुबा आमा नियमती काममा नगए घर चलाउँनै मुस्किल पर्छ ।

जसो तसो घाउँ निको पर्दै गरेपनि अव खुट्टा नचल्ने रोगको उपचार कसरी गर्ने होला भन्ने चिन्ता यो परिवारमा छ । यो परिवारको पर्याप्त आम्दानीको श्रोत नभएका कारणले आर्थीक अभावमै छोराको उपचार राम्रोसँग गर्न नसकिएला कि भन्ने पीडाले राजको परिवारलाई परिलीरहेको छ ।

तर वडाध्यक्ष भट्टराईले राजलाई पैसा अभावमा उपचारनै रोकिने चिन्ता नगर्न परिवारलाई ढाडस दिनु भएको छ । अहिले पनि नियमती परिक्षण र घाउँमा गरिने ड्रेसिङमा आफु र वडाको स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई परिचालन गरिरहेको बताउँदै आवश्यक परेमा थप सहयोग गर्ने पनि प्रतिवद्धता जनाउनु भयो ।

दैनिक ज्याला मजदुरी गरेर जिविको पार्जन गरिरहेका राज जस्ता परिवारले कतिपयय ठाउँमा उपचार गराउँनै नसकेर मृत्यू वरण गर्नुपर्ने अवस्था छ । नेपालको उपचारमा विप्पन्न नागरिकको सहज पहुँच बनाइदिन सरकारले नितीगत रुपमै कार्यक्रम बनाउन आवश्यक छ ।

भिडियोमा हेरौ

 

सम्मान

Share: