दमक/
११३ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा झापाको दमकका महिलाहरुलाई सम्मान गरिएको छ ।
अखिल नेपाल महिला सघं दमक नगर कमिटीको एघारौ नगर सम्मेलनको अवसर पारेर विभिन्न क्षेत्रमा कार्यरत श्रमिक महिला , भूमिगत राजनितीका बेला नेताहरुलाई सेल्टर दिएका सेल्टर दाता, दमक नगर कमिटीका सस्थापक पदाधिकारी, सदस्य , पूर्व अध्यक्ष र पत्रकारहरुलाई समेतलाई सम्मान गरिएको छ ।
सम्मानीत हुनेहरुमा मजदुर महिलाहरुमा श्री गुरुङ्गा, लीला बस्नेत, देविमाया विक, सरीता माझी(गुरुङ), सावी लिम्बु, प्रेम कुमार श्रेष्ठ, हरिमाया दर्जी , रमा दर्नाल र कमला नेपाल रहनु भएको छ ।
यस्तै अनेम सघं दमक नगर कमिटिको सस्थापक पदाधिकारी तथा सदस्यहरुमा भक्ता देवि दाहाल, तिर्थ उदास, गंगा सुवेदी, कुमारी राई, पम्फा दाहाल, हिरा धिमाल र गोमा खनाल रहनु भएको छ ।
यसैगरि भूमिगत राजनिती गरेका बेला नेता तथा नेताका परिवारलाई शरण दिएर संरक्षण गरेको भन्दै ४ जना महिलाहरुलाई समेत सम्मान गरिएको छ । सम्मानीत हुनुहुनेहरु फूलमाया धिमाल सीता भण्डारी, शुसिला लामिछाने र सावित्रा प्रसाई रहनु भएको छ ।
यस्तै पूर्व अध्यक्षको रुपमा लीला ढुङ्गेल दाहाल र पत्रकारहरुमा मीना विस्वकर्माका साथमा भूमिराज पराजुलीलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुनुहुनेहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ इकी ,गीता अधिकारी , अनेम संघका केन्द्रीय ,प्रदेश तथा जिल्ला स्तरका नेताहरुले दोसल्ला ओडाएर र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान समयमा महिलाको अबस्था, राजनैतिक पार्टिमा पहिलाका अबसर तथा अन्य चुनौती र विभेद लगायतका बारेमा बोलेका थिए ।
भिडियो