इटहरीमा १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप चैत ४ गतेदेखि

 

 

इटहरी  / इटहरीमा आगामी चैत ४ गतेदेखि १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी गरिएको छ ।

राष्ट्रिय जागृति क्लबले चैत ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिताको तयारी गरेको हो । शुक्रबार (आज) इटहरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिइएको हो ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार प्रतियोगितामा आठ वटा टिम सहभागी छन् ।

मछिन्द्र क्लब काठमाडौं, एभिनिएर फुटबल क्लब क्यामरुन, चर्छ ब्वाइज क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा सहभागी छन् ।

इटहरी ९ स्थित रंगशालामा हुने खेलको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाखसहित मेडल र ट्रफी हात पार्ने डुम्जनले बताए ।

यस्तै, हरेक दिनको म्यान अफ द म्याचले नगद १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।

प्रतोयोगिता संयोजक अनुरोध थापाले खेलमा ७० लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

गोल्डकपलाई कन्ट्रोल लुबृकेटले प्रायोजन गरेको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp