लागूऔषध ब्राउन सुगर सहित पाँच जना पक्राउ

 

 झापा  /  झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

बिहिबार दिउँसो तीन बजे सुनसरीको दुहबी नगरपालिका–५ फुटबल चोकबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।  ।

पक्राउ पर्नेमा स्कुटर चालक झापा कमल गाँउपालिका–८ का २७ बर्षीय अर्जुन सुब्बा र पछाडी सवार झापा शिवसताक्षी नगरपालिका–८ का २१ बर्षीय मुकेश चौधरी छन् । उनीहरूको साथबाट प्रहरीले ८.७ ग्राम ब्राउन सुगर बरामत गरेको छ ।

यस्तै झापाको बिर्तामोड नगरपालिका–२ का २० बर्षीय विश्वास संग्रौलाको कोठामा लागूऔषध बिक्रि भइरहेको भन्ने सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको छ ।

संग्रौलासहित बिर्तामोड नगरपालिका ४ का २० बर्षीय अभिषेक शर्मा र बिर्तामोड नगरपालिका–८ की २० बर्षीया अनिशा मण्डल पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट ८ ग्राम ब्राउन सुगर, नगद ११ हजार ६ सय रुपैँया, २ थान मोबाइल र डिजिटल तराजु १ थान प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp