यूवा सघं दमक : अधिबेशनको १५ दिन पछि बल्ल नेतृत्व चयन , अध्यक्ष्मा पूःन बिवेक भट्टराई

 

दमक/
यूवा सघं दमक नगर कमिटीको गत फागनु १२ गते अधिबेसनको उद्धघाटन भएको थियो । सो अधिवेसशनले पदाधिकारी सहित सदस्य पदमा मनोनयन दर्ता आह्वान गरेको थियो ।

बिभिन्न पदमा एक भन्दा बढी आकाक्षीको नाम मनोनयनमा परेपछि निर्वाचन नगराई सर्वसम्मत नेतृत्व चयन गराइएको छ ।

१५ दिन सम्मको छलफल, बहस र आपसी सहमतीमा वर्तमान अध्यक्ष विवेक भट्टराइनै फेरि पनि नेतृत्वमा रहनु भएको छ । अन्तःत भट्टराईको अध्यक्षतामा ४२ जनाको दमक नगर कमिटी सर्व सम्मतीमा चयन भएको छ ।

यसको पदाधिकारीहरुमा उपाध्यक्षमा छवीलाल खतिवडा, सचिवमा मुकुन्द आचार्य रहनु भएको छ भने सह-सचिवमा कविता पौडेल अधिकारी, कमल गैरे र गुञ्जन सुब्बा रहनु भएको छ ।

यसै गरि कोषाध्यक्षमा रमिता दाहाल चयन हुनु भएको छ । अन्य ३५ जना सदस्य रहेका छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp