साउदी पुगेका ९ नेपाली युवा दुई महिनादेखि अलपत्र

 

झापा  /  वैदेशिक रोजगारीका लागि खाडी मुलुक साउदी अरब गएका नौ नेपाली युवक दुई महिनादेखि अलपत्र अवस्था रहेका छन् ।  एक वर्षअघि साउदी पुगेका उनीहरूलाई कम्पनीले कामबाट निकालेपछि पाँच दिनदेखि एउटै कोठामा बन्दी भएर बस्न बाध्य भएका छन् । साउदीमा अलपत्र पर्नेहरूमा झापा मेचीनगर ५ का सुनिल कटुवाल,मकवानपुर हेटौडाका दिलबहादुर भोलन, कञ्चनपुर पुनरबास ९ का देवबहादुर लोहार, मोरङ अमरदहका विजय थापा, लमजुङ बाहुनडाडा ४ का धनबहादुर भुजेल, बारा आदासपुत्वाल ४ का जाबेत हुसेन, दाङ लमहीका ५ लेलिनप्रकाश रावत र दोलखाका जपे २ का विकेन्द्र थापा रहेका छन् ।

हाउस किपिङ भिषामा काम लगाइदिने भन्दै इन्सपायर इन्टरनेशनल म्यानपावर काठमाडौंले साउदी पुर्‍याए पनि उनीहरूलाई होटेल र प्लाइ उद्योगमा काम लगाइएको थियो । उनीहरूले काम गर्ने कम्पनीले समयमा पैसा नदिने र पैसा माग्दा काम छाडेर जाने धम्की दिँदै आएको थियो ।  कार्यरत कम्पनीले निकालेपछि स्वदेश फर्काइदिन उनीहरूले सरकारसँग हारगुहार गरिरहेका छन् ।

म्यानपावरले हाउस किपिङ कामको आश्वासन देखाउँदै उनीहरूसँग जनही १ लाख १५ हजार देखि डेढ लाखसम्म रकम लिएको पीडितहरू बताउँछन् ।

हामी अहिले जीवन र मृत्युको दोसाँधमा रहेको बताउँदै साउदीबाट सुनिल कटुवालले भिडियो कलमार्फत गुहार गर्दै भने– ‘दुई दिनभित्र कोठा छोडेर नगए हामीलाई मार्ने धम्की दिएको छ ।’ यो अवस्थामा हामी कहाँ जाने गोजीमा पैसा पनि छैन । ‘अलि अलि भएको रकम पनि सकिसक्यो, अब हामी स्वदेश फर्कन चाहन्छौँ,’उनले भने ।

केहीदिन सुनिलले आफूहरू अलपत्र परेको विषयलाई सामाजिक सञ्जालमा पोस्ट गर्दा कम्पनीका म्यानेजर महमदले उनीहरू बसेको कोठामै पुगेर कुटपिट गर्दै मार्ने धम्की समेत दिएको उनले बताए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp